नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6857 · वि.सं. २०५७
नि.नं. 6857 — अंश ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ अलग अलग सुकुवासीको हैसियतमा दुवै थरले जग्गा पाएको विषयमा कुनै विवाद रहेको देखिएन । अन्यत्र अरु पैत्रिक जग्गा नहुने सुकुम्वासीको हैसियतबाट जग्गा प्राप्त गरी आफूले भोग तिरो चलन गरी आएबाट अलग-अलग परिवारको अस्तित्व कायम गरी आएको देखिन्छ । मुलुकी ऐन अंशवण्डाको ३० नं. मा आ-आफूले पाएको अचल छुट्टाछुट्टै भोग चलन गरी आएकोमा व्यवहार प्रमाणबाट वण्डा भईसकेको ठहरेमा पछि वण्डापत्र भएको छैन भन्न पाउदैन भन्ने उल्लेख भएको पाइन्छ । पुर्खौली सम्पत्ति केही पनि नभएको, जे भएको सम्पत्ति पनि क्षेत्रिय बसोबास कार्यालयबाट सुकुम्वासीको नाताले प्राप्त गरेको देखिएबाट पैत्रिक सम्पत्ति जस्तो तिरो भरो नाँउसारी गर्नुपर्ने अवस्था पनि आएन । अंश वण्डाको ३० नं. को व्याख्या पनि मुद्दाको अवस्थामा सापेक्षतामा गर्नु न्यायोचित हुने हुँदा वादी दावी बमोजिम अंश पाउने ठहराएको शुरुको फैसलालाई सदर गरेको पुनरावेदन अदालत दिपायल मुकाम महेन्द्रनगरको मिति २०४९।८।२९ को फैसला मिलेको नदेखिँदा उल्टी हुने । (प्र.नं.१०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6857 |
|---|---|
| मुद्दाको विषय | अंश । |
| निर्णय वर्ष / मिति | 2056/02/03 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल | माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५७, नि.नं. 6857 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
