नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6836 · वि.सं. २०५७

नि.नं. 6836 — भ्रष्टाचार ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ जिल्ला कार्यालय वाग्लुङको प्रतिवेदनले वादी श्री ५ को सरकार प्रतिवादी कुल बहादुर क्षेत्री भएको भ्रष्टाचार मुद्दामा नेपाल खाद्य संस्थान उपशाखा कार्यालय वाग्लुङको गोदामको भौत्तिक परीक्षण गर्दा चामल र खाली बोरा अपुग भएकोमा सो कार्यालयको लेखा उपसहायक कुलबहादुरले चामल र खाली वोरा नपूग भएको तथ्यलाई स्वीकारेको देखिएकोले निज जिम्माको चामल र खाली बोरा वदनियतसाथ मासेको भनी तत्काल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १३(१) र दफा २९ वमोजिम सजायको माग दावी लिएको देखिन्छ । सो मुद्दामा भ्रष्टाचार निवारण ऐन, २०१७ को तत्काल प्रचलित दफा १३(१) को उल्लेख गर्दै सो दफा १३(१) मा भएको व्यवस्थाबाट कुनै राष्ट्रसेवकले आफ्नो जिम्मा वा नियन्त्रणमा रहेको कुनै व्यक्ति वा सरकारी मान्यता प्राप्त कुनै संस्थाको चल वा अचल सम्पत्ति वदनियतसाथ मासेमा उक्त दफा वमोजिम कारवाही र सजाय हुन सक्ने निष्कर्षमा पुगी सो चामल जिम्मा लिने लेखा उपसहायक कुल बहादुरले यस किसिमले नपूग भएको हो भनी कुनै सन्तोषजनक कारण उल्लेख गर्न नसकेकोमा निजको जिम्मा रहेको चामल तथा बोरा नपूग भै हिनामिना भएको स्थितिमा अन्यथा हो भनी निजले प्रमाणित गर्न सकेको अवस्थामा वाहेक निजले नै मासेको हिनामिना गरेको हो भन्नूपर्ने यस स्थितिमा निजको वदनियत थिएन भन्न सकिने अवस्था नरहने भनी प्रमाणको भार (Burden of proof) प्रतिवादीमा राखिएको पाइन्छ । प्रमाण ऐन, २०३१ को दफा २७(१) वमोजिम प्रतिवादीमा रहेको यो प्रमाणको भारलाई अन्यथा भन्न मिल्ने नदेखिंने । (प्र.नं. २२) § जहाँसम्म २०५० सालको फौ.पु.इ.नं. २६।२७ पुनरावेदक प्रतिवादी रामबहादुर थापा समेत विरुद्ध श्री ५ को सरकार भएको भ्रष्टाचार मुद्दाको प्रश्न छ सो मुद्दामा नेपाल नेशनल ट्रेडिङ लि. को गोदाममा गोदामकिपर विष्णुप्रसादको जिम्मामा रहेको विभिन्न नम्वर किसिमको छाता खेलौना आदि घटी हुन गै सो नेशनल ट्रेडिङ लिमिटेडलाई हानी पुग्न गएको भन्ने नेशनल ट्रेडिङ लिमिटेड केन्द्रीय कार्यालय प्रशासन व्यवस्था विभागको पत्र वमोजिम विशेष प्रहरी विभागले अनुसन्धान गरी गोदामकिपर विष्णुप्रसाद पराजूली र गार्ड रामबहादुर थापाले मिलेमतोबाट आफूलाई गैरकानुनी लाभ श्री ५ को सरकारको स्वामित्वमा रहेको संस्था नेशनल ट्रेडिङ लिमिटेडलाई गैरकानुनी हानी पूर्याएको भन्दै हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १३ अन्तर्गत सजाय र दफा २९ वमोजिम विगो रकम दावी गरी अभियोग लगाइएकोमा सो मालसामान आफू जिम्माको भन्ने र मालसामानहरु नपूग भएको भन्ने तथ्यलाई स्वीकारी तर आफूले हिनामिना गरेको होइन भनी इन्कार गरी गोदामकिपर विष्णुप्रसादले वयान गरेको देखिन्छ भने गोदामकिपरसंग मिलेमतो गरी हिनामिना गरेको होइन भनी रामबहादुर थापाले विशेष अदालतमा वयान गरेको देखिन्छ । सो मुद्दामा पूर्ण इजलासले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १३ मा भएको व्यवस्था अनुसार कुनै राष्ट्रसेवक कर्मचारीले संस्थाको चलअचल सम्पत्ति लापरवाही वा वदनियत वा जालसाजी गरी हानी नोक्सानी पूर्याएमा भ्रष्टाचार गरेको ठहर्ने तर यी तत्वहरु मध्ये कुनै एक तत्वको विद्यमानताको अभावमा यस दफा अन्तर्गतको कानून कायम गर्न नमिल्ने भ्रष्टाचारको कसुर प्रमाणित हुनको लागि मनसायतत्वको साथै वदनियतपूर्ण कृयाबाट कार्य कारण भएको भन्ने प्रष्टरुपमा देखिएको हुनुपर्ने । प्रतिवादी विष्णुप्रसादले वदनियत र मनसायपूर्वक संस्थाको सामान हिनामिना गरी निजलाई फाइदा हुने र आफू कार्यरत संस्थालाई गैर कानुनी हानी नोक्सानी हुने कार्य गरेको पूष्टि हुन आएको नदेखिने भनी कसुर प्रमाणित गर्ने भार वादी पक्षमा राखिएको देखिन्छ । सो मुद्दाको मौकाको जाहेरी नेशनल ट्रेडिङ लिमिटेड केन्द्रीय कार्यालय प्रशासन व्यवस्था विभागले २०४०।९।१९।३ मा दिएको देखिन्छ । सो जाहेरीमा सामान घटी हुन गै संस्थालाई हानी पुग्न गएको हुँदा आवश्यक छानविन गरी कारवाही समेत हुनु भन्ने उल्लेख भएको देखिन्छ । गोदामकिपर विष्णुप्रसाद पराजूलीले वदनियतपूर्वक हानी नोक्सानी गरी संस्थालाई क्षति पूर्याएको भन्ने उल्लेख भएको देखिदैन । सो सामान घटी हुनमा गोदाम किपर विष्णुप्रसादको हात रहेको वा निजले हिनामिना गरेको हो भन्ने आभास सम्म पनि मौकाको जाहेरीबाट खूल्दैन । सो छाता र खेलौनाको जिन्सी प्रमूख अर्को व्यक्ति रहेको कुरा पनि तहकिकातको सिलसिलामा खूल्न आएको छ । गोदामको सांचो दिनभरी गोदामकिपरकै जिम्मा र कार्यालय समयपछि गोदाम व्यवस्थापक र अर्को अधिकृतको जिम्मा रहने व्यवस्था भएको भन्ने तहकिकातको सिलसिलामा खूल्न आएको छ । गोदामको सांचो चौविसै घण्टा गोदामकिपर विष्णुप्रसादको जिम्मा वा नियन्त्रणमा रहेको देखिदैन । दिनको समयमा निज विष्णुप्रसादले गोदामको सांचो जिम्मा लिंदा कुनै पनि मालसामान वा वस्तुहरु गोदाम वाहिर गएको प्रमाणित हुन सकेको देखिदैन । सामान राखिएको स्थान एवं त्यहांको भौतिक स्थिति समेतबाट समान हराउन सक्ने र हराएको परिमाण तूरुन्त थाहा नलाग्ने अवस्था पर्न जाने समेत देखिन आएको छ । तर कुलबहादुर प्रतिवादी भएको भ्रष्टाचार मुद्दामा सो सामान निजको जिम्मा र नियन्त्रणमा रहेको देखिने । (प्र.नं. २३) § यसरी उल्लेखित दूवै मुद्दाको तथ्य फरक फरक रहेको देखिन गई घटनाको तथ्य एवं उत्पत्तिक्रम र नियन्त्रण समेतमा समानता रहेको देखिदैन । अतः संयुक्त इजलासले उल्लेख गरेको ने.का.प. २०४८ नि.नं. ४३५३ पृ.४७२ मा प्रकाशित वादी श्री ५ को सरकार प्रतिवादी कुलबहादुर भएको भ्रष्टाचार मुद्दामा माननीय तीन जना न्यायाधीशहरुको पूर्ण इजलासबाट कायम गरिएको प्रतिपादित सिद्धान्त र २०५० सालको फौ.पू.इ.नं. २६।२७ पुनरावेदक रामबहादुर थापा समेत विरुद्ध श्री ५ को सरकार भएको भ्रष्टाचार मुद्दामा तीन जना माननीय न्यायाधीशहरुको पूर्ण इजलासबाट निर्णय भएको प्रतिपादित सिद्धान्त वाझिएको भन्न नमिल्ने । (प्र.नं. २४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6836
मुद्दाको विषयभ्रष्टाचार ।
निर्णय वर्ष / मिति2056/02/14
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा | माननीय न्यायाधीश श्री ज्ञाइन्द्रबहादुर श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०५७, नि.नं. 6836
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्