नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6851 · वि.सं. २०५७
नि.नं. 6851 — मोहियानी हकको प्रमाणपत्र पाउँ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ यसमा उमेश शरण श्रीवास्तव नाउँ दर्ताको सप्तरी कमलपूर ६ को कि.नं ४१ को ०(८(८ जग्गा मोहीमा कमाई आएको ४ नं. जोताहा अस्थायी निस्सा प्राप्त गर्न नसक्दा सर्भे नापीमा मोही दर्ता गर्न छुट भएपनि हालसम्म कूत वुझाई मैले नै जोत कमोत गर्दै आएको हुँदा मेरो मोही हक कायम गरी मोहियानी हकको प्रमाणपत्र पाउँ भन्ने निवेदन भै दावीको जग्गामा मेरो नामबाट १ नं. लगत भरेको छैन र २ नं. अनुसूची पनि प्रकाशित भएको छैन । अन्य व्यक्तिका नाममा प्रकाशित भएको २ नं. अनुसूचीका आधारमा मेरो जग्गाको प्रमाण लाग्ने होइन भन्ने प्रतिउत्तर रहेको देखिन्छ । कि.नं. ४१ को जग्गाको मैले १ नं. फाराम भरी २ नं. अनुसूची प्रकाशित भएको छ भनी पु.वे. वादीले पुनरावेदन जिकिर लिएकोमा मिसिल संलग्न अनुसूची २ हेर्दा विवादित जग्गा सप्तरी कमलपूर वडा नं. ६ मा पर्नेमा वडा नं. ७ मा २ न.. अनुसूची प्रकाशित भएको र ज.ध. को महलमा वमन प्रसाद सिता प्रसाद भनी उल्लेख भएको देखिएको हुँदा विवादित जग्गाको जग्गाधनी उमेश शरणको जग्गाको मोही यी पुनरावेदक नै रहेछन भनी भन्न सक्ने आधार देखिएन । भुमि सम्वन्धी नियमहरु २०२१ को नियम ६ मा भुमि सूधार टोलीले कुनै गाउँ वा नगर पंचायतको कुनै एक वार्डको लगत अनुसूची २ वमोजिमको ढांचामा तयार गरी सकेपछि सो लगत वार्डको यथासंभव सवै व्यक्तिहरुलाई एकत्रित गरी सुनाउनु पर्छ भन्ने व्यवस्था गरेबाट त्यस्तो लगत सम्वन्धित वार्डवाटै प्रकाशन हुनुपर्ने वाध्यात्मक व्यवस्था भएको पाइन्छ । तसर्थ लगत प्रकाशन कानून वमोजिम भएको नदेखिएकोले त्यसलाई मान्यता दिन नमिल्ने । (प्र.नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6851 |
|---|---|
| मुद्दाको विषय | मोहियानी हकको प्रमाणपत्र पाउँ । |
| निर्णय वर्ष / मिति | 2056/06/06 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल | माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५७, नि.नं. 6851 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
