नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6843 · वि.सं. २०५७

नि.नं. 6843 — डांका ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ जाहेरवाला पंख बहादुर तामाङले र दिर्घमाया तामाङनीले समेत वारदात अवस्था बोलीबाट चिन्हेको प्रतिवादी गोपाल तामाङलाई वारदातमा मौजूद रहेको भनेपनि निजहरु र प्रतिवादी गोपाल तामाङ बीच वैमनष्यता रहेको कारणले जाहेरवाला र निजको श्रीमतीको सो बकपत्रलाई सतर्कतासाथ मूल्याङ्कन गर्नु पर्ने देखिन आउँछ । अन्य प्रतिवादीहरुले प्रतिवादी गोपाल तामाङले वारदात गर्न लगाएको भनी पोलेको भएपनि निज समेत वारदातमा उपस्थित रही डांका गरेको धनमाल वांडी खाएको भन्न नसकेको डांका गरी धनमाल लूटने निजको प्रयोजन रहेको भन्ने देखिएन । साथै जाहेरवाला र निजको श्रीमतीद्वारा पूर्व वैमनष्यताको कारण पोल गरि जाहेरीमा वारदातमा प्रतिवादी गोपाल तामाङको नाम समावेश गरिनु र अनुसन्धानक्रममा सोही जाहेरीमा निर्भर गरी अरु प्रतिवादीहरुबाट प्रतिवादी गोपाल तामाङले अह्र्राएको भनी निजको संलग्नता देखाउने प्रकृतिको उपरोक्त कागज भए गरेको देखिए पनि प्रतिवादी गोपाल तामाङ वारदातमा थियो भन्ने कुरा वा निजले डांका वारदात गर्न अह्राएको भन्ने जाहेरी र प्रतिवादीको पोलको व्यहोरा पृथक पृथक देखिन आउँछ । यस्तो जाहेरी बकपत्र र पोलमा परस्पर असँगति रहेको विवादास्पद प्रमाण र तथ्यहरुमा निर्भर गरी संदिग्ध र शंकाजनक स्थितिमा समेत प्रतिवादी गोपाल तामाङलाई कसुरदार ठहराई शुरु र पुनरावेदन अदालत धनकुटा समेतले सजाय गरेको नमिलेकोले गल्ती ठहर्छ । प्रतिवादी गोपाल तामाङले शंकाको सुविधा पाउने हुँदा निज प्रतिवादीले अभियोग दावीबाट फूर्सद पाउने । (प्र.नं. ३०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6843
मुद्दाको विषयडांका ।
निर्णय वर्ष / मिति2055/12/08
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०५७, नि.नं. 6843
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्