नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6837 · वि.सं. २०५७

नि.नं. 6837 — उत्प्रेषण समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ रिट निवेदकलाई सेवाबाट अवकाश दिने गरेको निर्णय औचित्यपूर्ण र तर्कसँगत एवं संतोषजनक रहेको नदेखिएको ठहर्‍याई अवकाश दिने गरेको निर्णय सदाशयता विहिन भएकाले अवकाश दिने गरी भएको ने.ट्रे.लि. संचालक समितिको निर्णय उत्प्रेषणको आदेशद्वारा वदर गरी कानून वमोजिम पदस्थापना गरी काम लगाउनु भन्ने ने.ट्रे.लि.को नाममा परमादेश जारी हुने ठहर्‍याई यस अदालत संयुक्त इजलासबाट मिति २०४९।११।१७ मा भएको आदेश वमोजिम निवेदक नोकरीमा पूनःस्थापना भएकोमा मिति २०५०।५।३१ मा माग वमोजिमको सेवा अवधि गणना गर्न र सो सम्वन्धी सुविधा दिन नमिल्ने, अनुपस्थित भएको अवधि नोकरी अवधिमा जोड्न नमिल्ने भन्ने संचालक समितिले गरेको निर्णय उपर प्रस्तुत रिट निवेदन परेको देखियो । २०४६।९।२४ देखि पूनःस्थापित भई काम गर्नु भन्दा अघिको अवधिको तलव भत्ता आदि सुविधा पाउनु पर्ने भन्ने निवेदकको मुख्य माग व्यहोरा रहेछ । संचालक समितिले पूनःस्थापित भई काम गर्नु भन्दा अघिको तलवभत्ता सुविधा दिन नमिल्ने र अनुपस्थित भएको अवधि जोड्न नमिल्ने भनी निर्णय गर्दाको अवस्था वहाल रहेको नेशनल ट्रेडिङ लिमिटेड कर्मचारी सेवा शर्त नियमावली, २०४७ को नियम ९.१३ मा कुनै कर्मचारीलाई नोकरीबाट हटाउने वा वर्खास्त गर्ने आदेश रद्द भई निज नोकरीमा पूनः कायम भएपनि निजले कार्यालयमा उपस्थित नभएको अवधिको तलवभत्ता वा सेवा सम्वन्धी सुविधामा दावी गर्न पाउने छैन भन्ने उल्लेख गरेको पाइन्छ । नेशनल ट्रेडिङ लिमिटेड कर्मचारी सेवा शर्त नियमावली, २०४७ को परिच्छेद ९ को विभागीय कारवाही नामक परिच्छेदको नियम ९.४ मा सेवाबाट हटाउने वा वर्खास्त गर्ने सम्वन्धमा छुट्टै व्यवस्था गरेको र परिच्छेद ६ अन्तर्गत संचयकोष, अवकाश, उपदान र निवृत्तिभरणको व्यवस्था गरी नियम ६.२ को (३) मा कुनै कर्मचारी वहाल रहेको पदको सेवा संस्थालाई आवश्यक नदेखिएकोमा वा सो पद खारेज हुने भएमा संचालक समितिले सो को कारण खुलाई कर्मचारीलाई एक महिनाको तलव अवकाश दिन सक्ने छ भन्ने व्यवस्था रहेको देखिन्छ । निवेदकलाई सेबावाट हटाएको वा वर्खास्त गरेको नभई अवकाश दिएको देखिन्छ । सो नियमावलीमा प्रष्ट रुपमा छुट्टाछुट्टै महलमा व्यवस्था गरेका अवकाश र सेबाबाट हटाउन वा वर्खास्त गर्ने कार्यलाई एउटै प्रकृतिको संझिने गरी व्याख्या गर्न मिल्ने देखिदैन । विभागीय कारवाहीको परिच्छेद अन्तर्गतको सेवाबाट हटाउने वा वर्खास्त गर्ने कार्यलाई नसिहतको रुपमा लिइन्छ भने संचयकोष, अवकाश, उपदान र निवृत्तिभरणको परिच्छेद अन्तर्गत व्यवस्था गरेको नियम ६.२ को (३) को व्यवस्थालाई नसिहतको रुपमा लिन सकिने हुदैन । नियम ६.२(३) लाई पनि नियम ९.१३ अन्तर्गत समावेश गर्ने नियमको मनसाय भए अवकाशलाई पनि प्रष्टरुपमा त्यहाँ उल्लेख गरिन्थ्यो वा यस नियम अन्तर्गत कुनै प्रकारले सेवा समाप्त भएमा भन्ने सामान्य अर्थ जनिने शव्दहरु उल्लेख हुन्थे सो उल्लेख भएको देखिदैन । कर्मचारी सम्वन्धी नियमावलीको निर्माण कर्मचारीको हित र सुविधाको संरक्षणका लागि हुने भएको र त्यसको व्याख्या गर्दा पनि कर्मचारीको हित र सुविधा अनूकूल नै व्याख्या गरिनु पर्छ । तसर्थ छुट्टै परिच्छेद अन्तर्गत व्यवस्था गरिएको अवकाश सम्वन्धी व्यवस्थालाई विभागीय कारवाईको परिच्छेद अन्तर्गत व्यवस्था गरिएको सेवाबाट हटाउने वा वर्खास्त गर्ने कार्य सरह मानी व्याख्या गर्नु उपयुक्त हुँदैन । नेशनल ट्रेडिङ लिमिटेड कर्मचारी सेवा शर्त नियमावली, २०४७ को व्यवस्थालाई हेर्दा अवकाश पाएको कर्मचारीले सेवामा पूनःस्थापित हुने भएमा निवेदन माग वमोजिमको सुविधा पाउने नै देखिन आएको हुँदा सेवाबाट अवकाश पाई कार्यालयमा उपस्थित नभएको अवधिको तलव भत्ता समेतको सुविधा र अनुपस्थित रहेको अवधि नोकरी अवधिमा जोड्न नमिल्ने गरी गरेको संचालक समितिको २०५०।५।३१ को निर्णय वदर हुने ठहराई निवेदकलाई सो अवधिको तलवभत्ता सुविधा दिई अनुपस्थित रहेको अवधि नोकरी अवधिमा जोडिदिनु भनी परमादेश जारी हुने ठहर्‍याएको माननीय न्यायाधीश लक्ष्मणप्रसाद अर्यालको राय मनासिव ठहर्ने । (प्र.नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6837
मुद्दाको विषयउत्प्रेषण समेत
निर्णय वर्ष / मिति2053/01/13
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ | माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा | माननीय न्यायाधीश श्री नरेन्द्रबहादुर न्यौपाने | माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्यले रिट खारेज गरेको रायसँग सहमत नभएकाले स.अ. नियमावली | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्यालको राय । | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्यालबाट निवेदन माग वमोजिम रिट जारी गर्ने ठहराउनु भएको रायसँग मैले सहमती जनाउने अवस्था नहुँदा सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्यको राय ।
उद्धरण सन्दर्भने.का.प. २०५७, नि.नं. 6837
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्