नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6841 · वि.सं. २०५७

नि.नं. 6841 — उत्प्रेषण समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अ.वं. १७९ नं. मा श्री ५ को सरकार वादि हुने मुद्दा वाहेक अरु मुद्दामा दुवै थरी झगडियाले तारेख गुजारेमा यसै महलको ५९ नं. र ६२ नं. वमोजिम गुज्रेको तारेख थमाई पाउने म्याद पछि सो मुद्दा डिसमिस हुन्छ भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । दुवैथर झगडियाले तारेख गुजारेमा डिसमिस हुनेमा प्रतिवादीले प्रतिउत्तर फिराउने म्याद वाँकी छदै रौ.जि.अ. ले मुद्दा डिसमिस गरेको कानूनसँगत देखिन आएन । यसका साथै रौतहट जिल्ला अदालतले अंश मुद्दा डिसमिस गर्न नहुने कानूनी प्रावधान अनुसार सो मुद्दा अंश मुद्दा मानी २०५३।२।३१ मा डिसमिस जगाएको देखियो । सो वेरीतसँग डिसमिस भएकोमा सो वेरीत भएको कुरामा सम्म पैतिस दिन भित्र पुनरावेदन लाग्न सक्नेमा पुनरावेदन तहबाट हुने अवस्थामा स्वयं रौतहट जिल्ला अदालतले २०५३।२।३१ मा डिसमिस जगाएको र सो उपर पुनरावेदन अदालत हेटौडामा प्रतिवादीको अ.वं. १७ नं. अन्तर्गत निवेदन परी उक्त अदालतले डिसमिस जगाउने गरेको रौ.जि.अ. को आदेश वदर हुन्छ । यस प्रकार उक्त मुद्दा पु.वे.अ. हेटौंडाको आदेशबाट पुनः डिसमिस हुन पुगेको देखिन्छ । तत्पश्चात रौ.जि.अ.ले पु.वे.अ.ले डिसमिस जगाउने आदेश वदर गरेकोले डिसमिस गर्नु पर्ने सम्झी पुनः मिति २०५४।१।२९।१ मा उक्त मुद्दा डिसमिस गरेको देखिँदा उक्त आदेशको कुनै औचित्य देखिएन । वादी प्रतिवादीका वीच चलेको मुद्दामा प्रस्तुत मुद्दाको विवाद विषयको जग्गा प्रतिवादीले वादिको हो भनी स्वीकार गरी प्रतिउत्तर फिराएकोमा सोही जग्गा आफ्ना नाममा दर्ता गरे उपर वादीले प्रस्तुत दर्ता वदरको फिराद गरेको भन्ने देखिन्छ । यसरी प्रतिउत्तर पर्न सक्ने कानून वमोजिमको म्यादमा प्रतिउत्तर परे सो प्रतिउत्तरबाट मुख मिले अ.वं. १८५(क) वमोजिम र मुख नमिलेकोमा वुझ्नु पर्ने प्रमाण बुझि प्रमाणबाट देखिन आए वमोजिम र प्रत्यूत्तर नपरेमा वादीको लेख वमोजिम प्रतिवादीले स्वीकार गरे नगरेको कुरा अन्य प्रमाणबाट देखिन आए वमोजिम फैसला गर्नु पर्नेमा प्रत्यूत्तर फिराउने म्याद वाँकी छंदै अ.वं. १७९ नं. को प्रतिकूल हुने गरी मुद्दा डिसमिस गरेको देखिन्छ । अतः यसमा डिसमिस आदेशहरु कानूनन् त्रुटिपूर्ण देखिँदा त्यस्ता आदेशहरु उत्प्रेषणको आदेशबाट वदर गरि दिएको छ । अव प्रस्तुत मुद्दा डिसमिस जगाई डिसमिस भएका मितिले थमाई प्रत्यूत्तर दिने म्याद सम्म प्रतिउत्तर लिई कानून वमोजिम निर्णय गर्नु भनी रौतहट जिल्ला अदालतका नाउँमा परमादेश जारी हुने । (प्र.नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6841
मुद्दाको विषयउत्प्रेषण समेत
निर्णय वर्ष / मिति2056/03/01
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री टोपबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०५७, नि.नं. 6841
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्