विद्यालयले अनुभवको प्रमाणको लागि दिएको To Whom it may Concern को प्रमाणपत्रलाई अवकाश दिएको भनी मान्न नसकिने । एकेडेमीको कर्मचारी विनियमबमोजिम नियुक्ति दिएको पत्रलाई विनियमबमोजिमको प्रक्रिया अपनाई अवकाश दिएर अन्त्य गर्नुपर्ने । कुनै उद्योग तथा प्रतिष्ठानले आफ्न…
कुनै पनि सम्पत्ति अबन्डा रहेको भनी बन्डापत्रमा उल्लेख नभए तापनि उक्त सम्पत्तिको स्रोत, प्रकृति, अवस्था हेरी उक्त सम्पत्ति बन्डा लाग्न सक्ने हो वा होइन भनी निर्धारण गर्नुपर्ने । ९प्रकरण नं। ८० पैतृक सम्पत्ति कारणवश अंशबन्डा गर्दाको समयमा अंशबन्डाको कागजमा उल्ले…
कुनै खास काम वा परिश्रम गरेबापत पारिश्रमिकको रूपमा केही जग्गा जोती बाली खान दिएको अवस्थामा त्यसरी बाली खाने व्यक्ति वा गुठियार खान्गीदारको हैसियत जोताहा मोहीको नहुने । मोहीको हैसियत प्राप्त गर्न गुठी संस्थानको लिखित मन्जुरीसहित कानूनबमोजिमको अन्य प्रक्रियासमेत…
किशोर अवस्थामा हुने असुरक्षित यौन सम्बन्धजन्य कार्यबाट सिर्जित कसुरहरूमा बालबालिका वा किशोर किशोरीको अधिकारसमेतलाई मध्यनजर गर्नुपर्ने । असुरक्षित यौनजन्य कार्यबाट सिर्जित कसुरजन्य कार्यलाई उदार रूपमा नहेरी युवा अवस्थामा नै अधिक कैदमा राखिँदा त्यस्ता नाबालक वा…
नामसारीको लागि भनी सहीछाप गराई जालसाजीपूर्वक कपाली तमसुकको कागज गराएको भनी जिकिर लिँदैमा उक्त जिकिर पुष्टि नहुने । सो जिकिरलाई प्रमाणित गर्ने वस्तुनिष्ठ, ठोस, विश्वासिलो आधार र प्रमाण हुनुपर्ने । (प्रकरण नं. ७)
प्रचलित कानूनबमोजिम आधिकारिक निकायबाट प्रक्रिया पुर्याई अन्य स्थानमा बसाइसराइ गरेको प्रमाणपत्र प्राप्त नगरेसम्म सामान्यतया व्यक्तिको नागरिकतामा उल्लेख भएको स्थायी ठेगानालाई नै मान्यता दिनुपर्ने । (प्रकरण नं. ८)
दायित्व र जिम्मेवारी नै फरक रहेका नेपाल सरकारका सङ्गठनमा कायम गरेको पृथक्-पृथक् सेवाका सर्त र सुविधालाई विभेद गरिएको वा सरकारको व्यवहार न्यायोचित नरहेको भनी अर्थ गर्न नमिल्ने । नेपाल प्रहरी सेवा र नेपाल सैनिक सेवामा रहेको पृथक्-पृथक् निवृत्तिभरणको उमेर हद निवे…
श्रम ऐन, श्रम नियमावली एवम् उद्योग वा प्रतिष्ठानको कर्मचारीको सेवा सर्त सम्बन्धमा बनेको कानूनी व्यवस्थाअनुरूप आचरणमा रही कामकाज गर्नु कुनै पनि उद्योग वा प्रतिष्ठानमा काम गर्ने कर्मचारी वा कामदारको अनिवार्य दायित्व र कर्तव्य हुने । आफूलाई तोकिएको जिम्मेवारी पूर…
वित्तीय कारोबार गर्ने उद्देश्यले कुनै सहकारी संस्थाको सञ्चालनले मात्र कुनै संस्थालाई वित्तीय संस्था भन्न नमिल्ने । उक्त संस्थासँग बैंकिङ कारोबार गर्ने इजाजत हुन पनि उत्तिकै आवश्यक हुने । सहकारी संस्था दर्ता हुनु र कारोबार गर्न इजाजत लिनु फरक विषय हुने । कुनै प…
भूमिसम्बन्धी ऐन, २०२१ मा भएको जग्गाधनी र मोहीलाई बराबर जग्गा बाँडफाँट गरिदिनुपर्ने व्यवस्थाले जग्गाको स्वामित्व रहेको जग्गाधनी र मोही दुवैथरीको हित संरक्षण गर्ने विधायिकी मनसायलाई व्यक्त गर्ने । कुनै व्यक्तिले कुनै हक अधिकारको दाबी लिइसकेपछि सो हक स्थापित भएमा…
न्यायकर्ताले न्याय निरूपण गर्दा अंशियारहरूबिच समानुपातिक ढङ्गले सम्पत्ति नरहेको अवस्था के कुन परिस्थितिले उत्पन्न भएको रहेछ भन्नेतर्फसमेत मिहिन रूपमा हेर्नुपर्ने । कसैले मेहनत र पौरख गरी सम्पत्ति जोड्ने र कसैले भएको सम्पत्तिसमेत नासी मासी हिँडेको अवस्था भएमा…
लागु औषधसम्बन्धी अपराधमा प्रमाण पुर्याउने भार अभियुक्तमा निहित छ भन्दैमा सबै मुद्दामा वादी पक्षले प्रमाण जुटाउन पर्दैन भन्ने ऐनको मनसाय पनि होइन । मिसिल संलग्न प्रमाणहरूबाट प्रतिवादी विरूद्ध आफूले लगाएको अभियोग प्रमाणित गर्न प्रमाण पुर्याउनुपर्ने भार र कान…
जग्गाको हक स्वामित्वको विषयमा निर्णय गर्ने क्षेत्राधिकार अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई नभए तापनि सार्वजनिक जग्गा व्यक्तिको नाउँमा दर्ता भएको भनी आफूसमक्ष प्राप्त उजुरीमा आयोगले कानूनबमोजिम आवश्यक कारबाही गर्नु भनी सम्बन्धित निकायमा लेखी पठाउन सक्ने । (प्…
विलम्बको लागि “समय तत्त्व” भन्दा “लापरबाही” “अकर्मण्यता” जस्ता तत्त्वहरू महत्त्वपूर्ण हुने । कुनै गलत निर्णय वा आदेशबाट प्रतिकूल असर पर्ने व्यक्तिले यस्तो निर्णय वा आदेशको विरोध नगरी त्यसलाई चुप लागेर कार्यान्वित हुन दिन्छ, बेलैमा उपचारको खोजी गर्दैन भने कुनै…
स्वविवेकीय अधिकारको प्रयोगमा वस्तुनिष्ठताको मात्रा के कति हुनुपर्छ, अमुक मुद्दामा सो मात्रा पुग्यो वा पुगेन भनी अदालतले हेर्ने, जाँच्ने र आदेश गर्ने कुरा हुँदैन । तर, निर्णयमा वस्तुनिष्ठता हुनुपर्ने । कैद छुट दिन मिल्ने हो वा होइन भन्ने विषयमा सम्बन्धित निकायह…
सम्पूर्ण रूपमा गढाउ प्रमाण शून्यताको स्थितिमा केवल प्रतिवादीको नाममा सवारी साधन दर्ता रहेको छ भन्ने आधारमा नै निजलाई गाँजा ओसारपसार गरेको कसुरदार ठहर गर्नु न्यायोचित नहुने । कुनै सवारी साधनमा कुनै ड्राइभर, खलासी, यात्रु वा अन्य कसैले कुनै अवैध चिज-वस्तु राखेक…
व्यापारिक प्रकृतिको कारोबार नदेखिएसम्म सेवन प्रयोजनका लागि खरिद गरेको कुरालाई मात्र हेरेर खरिद बिक्री, सञ्चय वा ओसारपसारसम्बन्धी कसुर ठहर गर्नु मनासिब नहुने । भुक्तान गरिएको मूल्यको दृष्टीले हेर्दा ठुलो परिमाण नदेखिएको कुरालाई लिएर अन्यथा प्रमाणित नभएसम्म व्या…
कुनै अदालत, निकाय वा अधिकारीले एकपटक निर्णय गरेपछि सोही तहबाट सो निर्णयमा फरक पर्ने गरी कुनै संशोधन गर्न नमिल्ने । तर सो फैसला वा आदेशमा लेखाइ वा छपाइमा हुन गएको सामान्य त्रुटि रहेछ र त्यसले फैसलामा तात्विक असर नपर्ने अवस्था रहेछ भने कारण खुलाएर छुट्टै पर्चा ख…
अदालतबाट फैसला भई अन्तिम भई बसेको फैसलालाई चुनौती दिई कुनै पक्ष अदालतमा नआएसम्म अर्को कुनै मुद्दामा त्यस्तो अन्तिम भई बसेको फैसलालाई अन्यथा गर्ने गरी आदेश वा फैसला गर्न नपाइने । पछिल्लो आदेश वा फैसलाले कानूनी मान्यता प्राप्त गर्न नसक्ने । फैसला कार्यान्वयन गर्…
सामान्यतयाः सामान्य बौद्धिक अपाङ्गता भएका व्यक्तिमा करणीको मन्जुरी दिन सक्ने सक्षमता हुन सक्ने देखिन्छ । अपाङ्गताको गम्भीरता बढ्दै जाँदा त्यस्तो सक्षमता घट्दै जान सक्छ । कुनै व्यक्ति करणीको मन्जुरी दिन सक्छ वा सक्दैन भन्ने निष्कर्षमा पुग्नुअघि निजले करणीको कार…
संवैधानिक व्याख्याको विषय समावेश हुने बित्तिकै सो मुद्दालाई संवैधानिक इजलासबाट मात्र निरूपण हुनुपर्ने भन्ने मनसाय नेपालको संविधानको रहे भएको पाइन्न । सर्वोच्च अदालतको जुनसुकै इजलास संवैधानिक विवादको व्याख्या र निरूपण गर्न सक्षम रहेको मानिने । (प्रकरण नं. ३) कु…
बालबालिकासम्बन्धी महासन्धि, १९८९ को धारा ३७९ख० मा थुना वा कैदमा पठाउने कार्य अन्तिम उपायको रूपमा र सकेसम्म कम अवधिको लागि गरिनुपर्ने । दस वर्षदेखि माथि चौध वर्ष नपुगेको नाबालिगलाई एक वर्षसम्म सुधार गृहमा राख्नु बालबालिकाको सर्वोत्तम हितको सिद्धान्तसमेत अनुकूल…
न्याय प्रशासन सञ्चालन गरी निष्पक्ष न्याय प्रदान गर्नु अदालतको प्रमुख कार्य भएको तथा विधिको शासनसहितको कानूनी राज्यमा न्यायको सेवा प्रवाहमा अदालती कार्य तथा प्रक्रियामा अवाञ्छित हस्तक्षेप गर्ने, अदालत वा न्यायिक निकाय साथै न्यायिक प्रकियामा संलग्न व्यक्तिउपर आक…
जाहेरी दरखास्तमा उल्लिखित विवरण प्रतिकूल हुने गरी जाहेरवालाले बयान गरेको अवस्थामा किटानी जाहेरीको आधारमा प्रतिवादीहरूले कुटपिट गरेको कारण मृतकको मृत्यु भएको भनी यकिन गर्न नसक्ने । केबल किटानी जाहेरी र शव परीक्षण प्रतिवदेनमा मृतकको मृत्यु टाउकोमा लागेको गम्भीर…