नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11067 · वि.सं. २०८०

नि.नं. 11067 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

अदालतबाट फैसला भई अन्तिम भई बसेको फैसलालाई चुनौती दिई कुनै पक्ष अदालतमा नआएसम्म अर्को कुनै मुद्दामा त्यस्तो अन्तिम भई बसेको फैसलालाई अन्यथा गर्ने गरी आदेश वा फैसला गर्न नपाइने । पछिल्लो आदेश वा फैसलाले कानूनी मान्यता प्राप्त गर्न नसक्ने । फैसला कार्यान्वयन गर्ने निकाय वा अधिकारीलाई फैसलाभन्दा फरक ढङ्गले कार्यान्वयन गर्ने अधिकार र छुट नहुने । नयाँ घटनाक्रम विकास भएर थप तथ्य सिर्जना नभएसम्म चुनौती नदिइएको फैसला कुनै पनि बाटोबाट बदर गर्न नसकिने । (प्रकरण नं. ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11067
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2079/01/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा
मुद्दा नं.०७५-WO-००८१ | ०७०-CP-०५५९ | ०७०-CP-०५६० | ०७२-CP-०७६४
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11067
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्