नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11077 · वि.सं. २०८०

नि.नं. 11077 — बैंकिङ कसुर

सिद्धान्त / नजिर सार (Headnote Summary)

वित्तीय कारोबार गर्ने उद्देश्यले कुनै सहकारी संस्थाको सञ्चालनले मात्र कुनै संस्थालाई वित्तीय संस्था भन्न नमिल्ने । उक्त संस्थासँग बैंकिङ कारोबार गर्ने इजाजत हुन पनि उत्तिकै आवश्यक हुने । सहकारी संस्था दर्ता हुनु र कारोबार गर्न इजाजत लिनु फरक विषय हुने । कुनै पनि किसिमको बैंकिङ कारोबार गर्न, निक्षेप लिन वा कर्जा दिन नेपाल राष्ट्र बैंकबाट स्वीकृति र इजाजत प्राप्त गर्नुपर्नेमा सहकारी संस्था लि.ले त्यस्तो कुनै स्वीकृति लिएको अवस्था नदेखिँदा उक्त संस्था कानूनत: वित्तीय संस्थाअन्तर्गत वित्तीय कारोबार गर्न वैधानिक छ भनी मान्‍न नसकिने । नेपाल राष्ट्र बैंकबाट बैंकिङ कारोबार गर्न इजाजत लिई वैधानिकता प्राप्‍त नगरेको सहकारी संस्थाको चेक काटिदिएको कार्यलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ३बमोजिमको कसुर मान्‍न नमिल्ने । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11077
मुद्दाको विषयबैंकिङ कसुर
निर्णय वर्ष / मिति2078/03/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल
मुद्दा नं.०७७-RB-०११६
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11077
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्