नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11075 · वि.सं. २०८०
नि.नं. 11075 — अंश हक कायम
सिद्धान्त / नजिर सार (Headnote Summary)
न्यायकर्ताले न्याय निरूपण गर्दा अंशियारहरूबिच समानुपातिक ढङ्गले सम्पत्ति नरहेको अवस्था के कुन परिस्थितिले उत्पन्न भएको रहेछ भन्नेतर्फसमेत मिहिन रूपमा हेर्नुपर्ने । कसैले मेहनत र पौरख गरी सम्पत्ति जोड्ने र कसैले भएको सम्पत्तिसमेत नासी मासी हिँडेको अवस्था भएमा मानो छुट्टिएका अंशियारहरूबिच सम्पत्तिको वितरण समान कायम रहन नसक्ने । मुलुकी ऐन, अंशबन्डाको महलको १८ नं. को मर्म पनि अंशियारहरूको पौरख र उद्यमशीलतालाई संवर्द्धन गर्नु नै रहेको देखिने । वादीका पिताले आफ्नो भागको पैतृक सम्पत्ति पहिले नै बिक्री वितरण गरिसकेको कारण वादी प्रतिवादीहरूमा पैतृक सम्पत्तिको अनुपात समान नदेखिएको अवस्थालाई अस्वाभाविक र पैतृक सम्पत्तिको असमानुपातिक वितरण भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं. ६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11075 |
|---|---|
| मुद्दाको विषय | अंश हक कायम |
| निर्णय वर्ष / मिति | 2079/09/05 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश श्री नहकुल सुवेदी |
| मुद्दा नं. | ०७१-CI-०४२५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11075 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
