नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11069 · वि.सं. २०८०
नि.नं. 11069 — लागु औषध (ब्राउन सुगर)
सिद्धान्त / नजिर सार (Headnote Summary)
व्यापारिक प्रकृतिको कारोबार नदेखिएसम्म सेवन प्रयोजनका लागि खरिद गरेको कुरालाई मात्र हेरेर खरिद बिक्री, सञ्चय वा ओसारपसारसम्बन्धी कसुर ठहर गर्नु मनासिब नहुने । भुक्तान गरिएको मूल्यको दृष्टीले हेर्दा ठुलो परिमाण नदेखिएको कुरालाई लिएर अन्यथा प्रमाणित नभएसम्म व्यापारिक प्रयोजनको लागि गरिएको खरिद बिक्री हो भनी अर्थ लगाउनु मनासिब नहुने । यदाकदा थोरै मूल्यका कारोबारमा पनि व्यापारिक प्रयोजन देखिन सक्ने, तर यसका लागि सो कारोबार व्यापारिक प्रकृतिबाट गरिएको तथ्य पुष्टि हुनुपर्ने । (प्रकरण नं. ४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11069 |
|---|---|
| मुद्दाको विषय | लागु औषध (ब्राउन सुगर) |
| निर्णय वर्ष / मिति | 2078/09/27 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा |
| मुद्दा नं. | ०७२-CR-०१२८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11069 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
