नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11065 · वि.सं. २०८०
नि.नं. 11065 — उत्प्रेषणसमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
संवैधानिक व्याख्याको विषय समावेश हुने बित्तिकै सो मुद्दालाई संवैधानिक इजलासबाट मात्र निरूपण हुनुपर्ने भन्ने मनसाय नेपालको संविधानको रहे भएको पाइन्न । सर्वोच्च अदालतको जुनसुकै इजलास संवैधानिक विवादको व्याख्या र निरूपण गर्न सक्षम रहेको मानिने । (प्रकरण नं. ३) कुन पदका लागि कस्तो-कस्तो योग्यता चाहिने भन्ने कुराको निर्क्यौल गर्ने कार्य निश्चित वर्ग समुदाय वा व्यक्तिलाई लक्षित नभई सामान्य नीतिगत कार्य कानूनी रोहबाट प्रकट हुने भएकोले सो अवस्थालाई समानताको हक विरूद्ध भन्न नसकिने । (प्रकरण नं. ४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11065 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणसमेत |
| निर्णय वर्ष / मिति | 2079/07/23 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल | माननीय न्यायाधीश डा.श्री कुमार चुडाल | माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराईको फरक राय । | माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराईको राय सदर हुनुपर्छ भन्नेसमेत बहस गर्नुभयो । | माननीय न्यायाधीश श्री दीपककुमार कार्कीको राय र निवेदकहरूले जुन स्वास्थ्य सेवा ऐनको संशोधनलाई संविधानविपरीत भनेको छ त्यस्तो नदेखिएको र समानताको हक विरूद्ध पनि संशोधन नदेखिएको हुँदा प्रस्तुत निवेदनमा गम्भीर संवैधानिक व्याख्याको प्रश्न नरहेको र निवेदकका सम्बन्धमा भएको स्तरवृद्धि कानूनसम्मत देखिएकोले प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्याई व्यक्त भएको माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराईको फरक राय भएकोले यस पूर्ण इजलासबाट निर्णय दिनुपर्ने देखिन आयो । रिट निवेदकहरू रामप्रवेशप्रसाद, रेखा गुप्ता, लक्ष्मी नारायण भगत र सुरेन्द्रप्रसाद यादवले रिट निवेदन जिकिर प्रमाणित गर्न नसक्ने हुँदा रिट निवेदन फिर्ता लिएको हुनाले निज निवेदकहरूको हकमा केही बोलिरहनु परेन । | माननीय न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराईको राय सदर हुने ठहर्छ । प्रस्तुत आदेशको जानकारी विपक्षीहरूलाई दिई आदेश विद्युतीय प्रणालीमा प्रविष्ट गरी दायरीको लगत कट्टा गरी मिसिल यस अदालतको अभिलेख शाखामा नियमानुसार बुझाइदिनू । |
| मुद्दा नं. | ०७४-WF-०००३ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11065 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
