नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11062 · वि.सं. २०८०
नि.नं. 11062 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
जाहेरी दरखास्तमा उल्लिखित विवरण प्रतिकूल हुने गरी जाहेरवालाले बयान गरेको अवस्थामा किटानी जाहेरीको आधारमा प्रतिवादीहरूले कुटपिट गरेको कारण मृतकको मृत्यु भएको भनी यकिन गर्न नसक्ने । केबल किटानी जाहेरी र शव परीक्षण प्रतिवदेनमा मृतकको मृत्यु टाउकोमा लागेको गम्भीर चोटका कारण भएको भनी उल्लेख भएको भन्ने आधारमा मात्र कोही व्यक्तिलाई दोषी ठहर गर्न नमिल्ने । (प्रकरण नं. २) कुनै वारदातमा एक जनाभन्दा बढी सामूहिक रूपमा संलग्न रहेको अवस्थामा हरेक व्यक्तिको कसुरजन्य कार्य हेरिनुपर्दछ । घटनास्थलमा उपस्थित हुनु र घटनामा संलग्न हुनु फरक कुराहरू हुन् । घटना घटेको समयमा वारदातस्थलमा उपस्थित हुँदैमा ती व्यक्तिहरू नै वारदात घटाउन संलग्न रहेका हुन् भन्न नमिल्ने । (प्रकरण नं. ४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11062 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2079/07/16 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा |
| मुद्दा नं. | ०७४-CR-०५८४ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11062 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
