नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11082 · वि.सं. २०८०

नि.नं. 11082 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

किशोर अवस्थामा हुने असुरक्षित यौन सम्बन्धजन्य कार्यबाट सिर्जित कसुरहरूमा बालबालिका वा किशोर किशोरीको अधिकारसमेतलाई मध्यनजर गर्नुपर्ने । असुरक्षित यौनजन्य कार्यबाट सिर्जित कसुरजन्य कार्यलाई उदार रूपमा नहेरी युवा अवस्थामा नै अधिक कैदमा राखिँदा त्यस्ता नाबालक वा किशोर किशोरीहरूको सामाजिक पुनर्स्थापनामा समस्या हुनसक्ने । किशोर अवस्थामा हुने असुरक्षित यौन सम्बन्धबाट सिर्जित गर्भधारणलाई अवैध, अनैतिक भन्‍नुभन्दा पनि असुरक्षित र असावधानीपूर्वक गरिएको यौन सम्बन्धको रूपमा हेरिनुपर्ने । (प्रकरण नं. १५) भ्रूणको स्वतन्त्र अस्तित्व हुँदैन र त्यसको अस्तित्व भनेको आमाको गर्भभित्रै मात्र हुन्छ । त्यसैले भ्रूणको कुनै स्वार्थ मान्ने नै हो भने पनि आमाकै विरूद्ध त्यस्तो स्वार्थ वहाल रहन्छ भन्न नमिल्ने भन्‍ने सिद्धान्त लक्ष्मीदेवी धिक्त कैप् मुद्दामा स्थापित भैसकेको अवस्थामा कतिपय अवस्थाका कसुरहरूलाई गैर अपराधीकरण वा न्यून सजाय गर्नेसम्बन्धी; The March 8 Principles को पनि Principle १४ ले “No one may be held criminally liable on the basis that their conduct is alleged to be harmful to their own pregnancy” भन्‍ने व्यवस्थालाई गम्भीरतापूर्वक हेरी जातक हत्यालाई कसुरजन्य कार्यको रूपमा सजाय गर्दा भ्रूणको निरन्तरताको अन्तर्गत नहेरी महिला स्वतन्त्रता, सामाजिक परिवेश र प्रजनन हकको सन्तुलनतासमेतलाई हेरी न्यूनतम सजाय गर्दा पनि कानूनको उद्देश्य पूरा हुने । (प्रकरण नं.१९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11082
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2079/11/21
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल | माननीय न्यायाधीश डा. श्री कुमार चुडाल
मुद्दा नं.०७५-CR-२३०३ | ०७५-CR-२३७९ | ०७६-RC-००४८
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11082
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्