नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11078 · वि.सं. २०८०
नि.नं. 11078 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
श्रम ऐन, श्रम नियमावली एवम् उद्योग वा प्रतिष्ठानको कर्मचारीको सेवा सर्त सम्बन्धमा बनेको कानूनी व्यवस्थाअनुरूप आचरणमा रही कामकाज गर्नु कुनै पनि उद्योग वा प्रतिष्ठानमा काम गर्ने कर्मचारी वा कामदारको अनिवार्य दायित्व र कर्तव्य हुने । आफूलाई तोकिएको जिम्मेवारी पूरा नगरी प्रतिष्ठान वा उद्योगबाट अनुमति नलिई वा बिदा स्वीकृत नगराई श्रम ऐन, २०४८ मा भएको कानूनी व्यवस्था प्रतिकूल आफू कार्यरत रहेको प्रतिष्ठानमा गैरहाजिर हुने छुट कुनै पनि कर्मचारी वा कामदारलाई नहुने । उद्योग वा प्रतिष्ठानमा कानूनविपरीत तिस दिन वा सोभन्दा बढी गैरहाजिर हुने कर्मचारीलाई श्रम ऐन, २०४८ को दफा ५१(ग२) मा भएको कानूनी प्रावधानअनुसार सजाय गरी सेवाबाट हटाउन मिल्दैन भन्नु वाञ्छनीय नहुने । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11078 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2079/05/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान | माननीय न्यायाधीश श्री कुमार रेग्मी |
| मुद्दा नं. | ०७६-WO-०६०९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11078 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
