सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ २० / ४४०

नि.नं. 11061वि.सं. २०८०संयुक्त इजलास

जबरजस्ती करणी / हाडनाता करणी

जबरजस्ती करणी जस्तो अपराधमा पीडितको भनाइलाई महत्त्वपूर्ण प्रमाण मानिए पनि निजको स्वास्थ्य परीक्षण प्रतिवेदन जस्तो भौतिक प्रमाणको ठुलो महत्त्व रहने । पीडितको मौकामा भएको स्वास्थ्य परीक्षण प्रतिवेदनमा जबरजस्ती करणी पुष्टि हुने लक्षण नदेखिएको रायको विपरीत ८।९ दिन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11060वि.सं. २०८०संयुक्त इजलास

जबरजस्ती करणी

जबरजस्ती करणीसम्बन्धी अपराध पीडित र तिनका परिवारसमेतका लागि पीडादायक र महिला विरूद्ध हुने जघन्य अपराध हो । तथापि पीडितले घटना विवरण कागज गर्दैमा मात्रै कसुरदार ठहर भइहाल्ने हुँदैन । पीडितले घटना विवरण कागजको बेहोरा र अदालतमा बकपत्र गर्दा एकै बेहोरा उल्लेख नगरी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11059वि.सं. २०८०संयुक्त इजलास

लागु औषध (खैरो हेरोइन)

साँझको ५ बजेपछि सबै सरकारी कार्यालय बन्द हुने हुँदा ५ बजेपछि र गस्तीको समयमा सडकमा चेकजाँचको क्रममा तत्काल तयार गर्नुपर्ने बरामदी मुचुल्कामा जनप्रतिनिधि वा सरकारी कर्मचारी प्रायः भेट हुन नसक्ने भएबाट अनुसन्धान अधिकृत प्र.ना.नि. को नेतृत्वमा बरामद गरिएको बरामद…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11058वि.सं. २०८०संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

बाल न्यायको उद्देश्य बालबालिकाअनुकूल न्याय हो र यस्तो न्याय गर्दा बालबालिकाको सर्वोत्तम हित कसरी हुन्छ भन्‍ने कुरा हेरिनुपर्ने । राज्यले प्रत्येक बालबालिकाको सर्वोत्तम हितलाई सदैव ध्यान दिइनुपर्ने; उनीहरूको विकासका खातिर सकेसम्मका उपायहरू अवलम्बन गरिनुपर्ने; आ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11057वि.सं. २०८०संयुक्त इजलास

अंश चलन, फैसला मितिः २०६७।०९।०७, ने.का.प. २०६८, नि.नं. ८५९७ को मुद्दामा स्थापित भएको देखिन्छ । यसैगरी “कुनै अंश मुद्दाको अन्त्य या त अंश नपाउने ठहरेको अवस्थामा हुन्छ या त अंश पाउने ठहरेको अवस्थामा हुन्छ । अर्थात्‌ अंश मुद्दाको अन्तिम परिणति सम्पत्ति प्राप्‍त हुनु वा नहुनु हुन्छ । अंश पाउने ठहरेको स्थितिमा अंश बुझिलिएको वा विधिवत् तवरले सो हक छाडेको स्थितिमा मात्र मुद्दाको अन्त्य हुनसक्ने ।” भन्‍ने रोहु मुसलमानसमेत विरूद्ध अकबर अली मुसलमान, मुद्दाः अंश नामसारी, ने.का.प. २०६६, अङ्क ५, नि.नं. ८१५५ मा व्याख्या भएको पाइन्छ ।

अंश चलन

सामान्यतयाः देवानी मुद्दामा प्राङ्न्यायको सिद्धान्त (res judicata) आकर्षित हुन्छ भने फौजदारी मुद्दामा दोहोरो खतराको सिद्धान्त (double jeopardy) आकर्षित हुने गरेको पाइन्छ । फौजदारी मुद्दामा एउटै वारदातबाट विभिन्न कसुर कायम हुनेमा बाहेक एकै विषयसँग सम्बन्धित कसु…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11056वि.सं. २०८०संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेशसमेत

संवैधानिक एवं कानूनी व्यवस्थाअनुसार सार्वजनिक हितको निमित्त राज्यले कुनै पनि व्यक्तिको सम्पत्ति अधिग्रहण गर्नसक्ने र सडक सीमा तोकिएकोमा सडक सीमा र सडक सीमा नतोकिएको सार्वजनिक सडकमा सो सडकको किनाराबाट ६/६ मिटरसम्म पर्खालबाहेक अन्य कुनै किसिमको स्थायी बनोट (स्ट्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11055वि.सं. २०८०संयुक्त इजलास

उत्प्रेषणसमेत

एउटा प्रयोजनका लागि रोक्का राखिएको सम्पत्ति सो प्रयोजनको समाप्त नभई अर्को प्रयोजनका लागि पुन: रोक्का राख्दा पहिले रोक्का राखिएको प्रयोजन नै निरर्थक वा प्रयोजनहीन हुने गरी दोहोरो रोक्का राख्न हुँदैन । प्रचलित कानूनले दोहोरो रोक्का राख्ने अधिकार मालपोत कार्यालयल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11054वि.सं. २०८०संयुक्त इजलास

उत्प्रेषण

पत्रपत्रिकाको वर्गीकरण सम्बन्धमा कानूनले तोकेका प्रक्रिया तथा सर्तहरूको परिपालना गरी वर्गीकरणमा समावेश हुन सहमति नै नभएको र पछि सहभागी नै नभएको पक्षले वर्गीकरणको नतिजाको परिणामबाट आफ्नो अधिकार हनन भएको भन्नु कानून तथा न्यायको रोहमा मान्य नहुने । कानूनले नै निर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11053वि.सं. २०८०संयुक्त इजलास

अंश चलन सम्बन्ध विच्छेद

कानूनबमोजिम कर्जा प्रवाह गर्ने उद्देश्यले संस्थापित बैंक, वित्तीय संस्था आदिबाट कानूनले तोकेको रीत प्रक्रिया पूरा गरी लिएको कर्जा अंश बन्डाका लागि कर्जा असुलीका कानूनी प्रक्रियासम्म कुरिरहनुपर्ने भन्नु न्यायोचित नहुने । त्यस्ता निकायमा सगोलको सम्पत्ति धितो राख…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11052वि.सं. २०८०संयुक्त इजलास

उत्प्रेषणसमेत

प्राकृतिक न्यायको सिद्धान्तलाई ढुङ्गामा कुँदिएको अक्षर जस्तो जड नियमका रूपमा लिन मिल्दैन । अपितु मुद्दाको तथ्य र विषयवस्तुबाट यसको यकिन गर्नुपर्ने । यसको सीमा र अपवादहरूसमेत रहेको हुन्छ । खासगरी नियमनकारी निर्णय (regulatory decision) गर्दा नियमले तोकेको प्रक्र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11051वि.सं. २०८०संयुक्त इजलास

उत्प्रेषण, परमादेशसमेत

कर्मचारी समायोजन ऐन, २०७५ को दफा ७(४) मा श्रेणीगत रूपमा कार्यरत कर्मचारीलाई निश्चित समय पुगेको तथा योग्यताको आधारमा माथिल्लो तहसमेतमा समायोजन गर्ने कानूनी व्यवस्था रहेको देखिन्छ । उक्त ऐनमा कहीँकतै पनि कार्यरत कर्मचारीलाई समायोजन गर्दा कार्यरत तह/पदभन्दा तल्लो…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11050वि.सं. २०८०संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

कारागार नियमावली, २०२० ले कैद कट्टीलाई हक अधिकारको रूपमा नभई कैदीले कारागारभित्र निर्वाह गरेको भूमिकालाई कारागार प्रशासनले जाँची हेरी सोबापत कैद कट्टीमा छुट प्रदान गर्न सक्‍ने सुविधाको रूपमा चित्रित गरी कैद कट्टी गर्नपर्ने गरी बाध्यात्मक व्यवस्था गरेको नपाइने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11049वि.सं. २०८०संयुक्त इजलास

उत्प्रेषण / परमादेशसमेत

कुनै पनि विवादका सम्बन्धमा अदालतबाट कानूनबमोजिम कारबाही चली कानूनले निर्दिष्ट गरेको कार्यविधि पूरा गरी अन्तिम भइसकेको अवस्थामा यस अदालतले सानातिना बहानामा असाधारण अधिकारक्षेत्र ग्रहण गरी सम्पन्न भइसकेको काम कारबाहीलाई अकारण रिट क्षेत्रबाट हस्तक्षेप गर्नु न्याय…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11048वि.सं. २०८०संयुक्त इजलास

करार अनुरूपको अग्रिम भुक्तानी लिएको रकम दिलाइपाऊँ ।

मनासिब माफिकको समय निर्धारण गर्दा पक्षहरूले मुख मिलेको तथ्यका सम्बन्धमा सोही अनुकूल र मुख नमिलेमा कुनै पक्षलाई अन्यायिक समृद्धि (unjust enrichment) नहुने गरी मुद्दा गर्ने समयबारे निष्कर्षमा पुग्नु उपयुक्त देखिने । मनासिब माफिकको समयसम्म कुर्दा पनि करारको परिपा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11047वि.सं. २०८०संयुक्त इजलास

उत्प्रेषणसमेत

समावेशीको अर्थ सो वर्गबाट सहभागितासम्म सुनिश्‍चित गर्ने हो । परीक्षा वा अन्तर्वार्ता अनुत्तीर्ण व्यक्ति पनि उत्तीर्ण हुनुपर्छ भन्‍ने होइन । यस्तो तर्कलाई स्वीकार गर्न मिल्दैन । विशेषतः शिक्षाको क्षेत्रमा यस्तो तर्क स्वीकार गर्ने हो भने शिक्षा क्षेत्र नै धरासाय…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11046वि.सं. २०८०संयुक्त इजलास

अंश चलन

बाबु-बाजेका नामबाट नामसारी हुँदै वादी प्रतिवादीहरूका नाममा छुट्टाछुट्टै जग्गाधनी दर्ता स्रेस्ता कायम रहेको देखिएबाट वादी प्रतिवादीहरूका बाबु-बाजेले आफ्नै पालामा आ-आफ्नो अंश भागको जग्गा आपसमा बन्डा गरी लिइसकेको र सोही जग्गाहरू नामसारी तथा बन्डा हुँदै वादी प्रति…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11045वि.सं. २०८०संयुक्त इजलास

निषेधाज्ञायुक्त परमादेश

करारीय दायित्वसम्बन्धी विषय हो भन्ने मानेर कानूनी उपचारको मार्गसमेत अपनाएको अवस्थामा सोही विषयलाई लिएर रिट क्षेत्राधिकारबाट पनि समानान्तर रूपमा उपचार खोज्नु मनासिब नदेखिने । रिट क्षेत्रको प्रयोग जुनसुकै विषयमा गर्न सकिने नभई वैकल्पिक उपचार वा प्रभावकारी उपचारक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11044वि.सं. २०८०संयुक्त इजलास

उपयुक्त आदेश जारी गरिपाऊँ ।

उपयुक्त आदेश जारी गरिपाऊँ

करार निष्क्रिय वा समाप्त वा रद्द भइसकेको अवस्थामा करार ऐन, २०५६ को दफा ८७ बमोजिम प्रदान गरिने उपचारको कुनै सान्दर्भिकता नरहने । (प्रकरण नं. ७)

नजिर सार पढ्नुहोस् →
नि.नं. 11043वि.सं. २०८०संयुक्त इजलास

लिलाम लिखत बदरसमेत

जमानीको सिद्धान्तअनुसार मुख्य कारणीले तिर्नुपर्ने ऋण निजबाट असुलउपर नभएमा वा वहन गर्नुपर्ने दायित्व निजले पूरा गर्न नसकेमा जमानतकर्ताले कबुल गरेको रकम निजले लेखिदिएको सुरक्षणबाट असुलउपर गरी दायित्व वहन गराइने हो । यसरी जमानतकर्ताको दायित्व असीमित हुने नभई जमान…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11042वि.सं. २०८०संयुक्त इजलास

अंश नामसारी

छुट्टी भिन्न भइसकेका व्यक्तिको स्याहार गरेबापत प्राप्त गरेको जग्गा निजी आर्जनको हुने अवस्थामा सो जग्गामा अन्य अंशियारहरूको अंश हक लाग्ने प्रकृतिको नदेखिने । (प्रकरण नं. ४) जग्गा प्राप्तिको स्रोत नै निजी आर्जनको रहेको अवस्थामा ती जग्गाहरू बिक्री गरी आएको रकमबाट…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11041वि.सं. २०८०संयुक्त इजलास

परमादेशसमेत

कानूनमा प्रयुक्त कुनै शब्दावलीको व्याख्या कुनै एक दुई शब्दलाई मात्र टपक्क टिपी निरपेक्ष रूपमा नगरी तत्सम्बन्धी कानूनी व्यवस्था, त्यस्तो कानूनी व्यवस्था गर्नुको उद्देश्य, गर्नुपर्ने कर्तव्यको प्रकृति तथा त्यसबाट पर्न सक्ने प्रभावलगायतका समग्रतामा गरिनुपर्ने । उ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11040वि.सं. २०८०संयुक्त इजलास

अपहरण गरी कर्तव्य ज्यान

आरोपित व्यक्तिले गरेको बयानमा खुलाएका घटनाका श्रृङ्खला तत् मुद्दासँगको सान्निध्यता, बयान बेहोरा पत्यारलायक छन्, छैनन भन्ने वस्तुगत अवस्था (Objective Test) समेतका समग्र अवस्थाको मूल्याङ्कन र विश्लेष्ण गरी आरोपित व्यक्तिले गरेको अनुसन्धान अधिकारी वा अदालतसमक्ष ग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11039वि.सं. २०८०संयुक्त इजलास

उत्प्रेषण, परमादेश

वंशजको नागरिकता रगतको नाता (Jus Sanguinis) बाट पाउने नागरिकता हो । वंशजको नागरिकता व्यक्तिको नैसर्गिक अधिकार हो । विवाह वा सन्तान जन्मेको आधारमा व्यक्तिको वंशजको नागरिकतामा असर पर्न सक्दैन । निजले आफ्नो नागरिकता नलिएमा वा परित्याग गरेको अवस्थामा बाहेक वंशजको न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11038वि.सं. २०८०संयुक्त इजलास

उत्प्रेषण परमादेशसमेत

कर्मचारीतन्त्रको विशेषतामध्ये कर्मचारीहरू एउटा कानूनी ढाँचामा बाँधिनु पनि हो । यसमा कर्मचारीहरूमा अनुशासन कायम गर्ने र कर्मचारीहरू राजनीतिलगायत अन्य कुनै पनि क्रियाकलापबाट प्रभावित नभई तटस्थ र निष्पक्ष रही प्रभावकारी तवरले सेवा प्रवाह गर्नुपर्ने र कर्मचारी प्र…

नजिर सार पढ्नुहोस् →