नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11054 · वि.सं. २०८०
नि.नं. 11054 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
पत्रपत्रिकाको वर्गीकरण सम्बन्धमा कानूनले तोकेका प्रक्रिया तथा सर्तहरूको परिपालना गरी वर्गीकरणमा समावेश हुन सहमति नै नभएको र पछि सहभागी नै नभएको पक्षले वर्गीकरणको नतिजाको परिणामबाट आफ्नो अधिकार हनन भएको भन्नु कानून तथा न्यायको रोहमा मान्य नहुने । कानूनले नै निर्दिष्ट गरेको निश्चित प्रक्रिया तथा सर्तहरूसहित सम्परीक्षणमार्फत वर्गीकृत गराउनुपर्ने अवस्थामा उक्त बाटोको अवलम्बन नै नगरी आफ्नो हकहितमा असर पर्यो भन्न कानूनतः मिल्ने नदेखिने । मापदण्डबमोजिम आफूले पूरा गर्नुपर्ने कर्तव्य नै पूरा नगरेको अवस्थामा स्वतः अधिकारको सिर्जना हुन नसक्ने । कानूनबमोजिमको कर्तव्य पालन गर्दागर्दै पनि अधिकारको हनन भएको खण्डमा मात्र त्यसको कानूनी उपचार तथा क्षतिपूर्ति प्राप्त गर्नलाई हक प्राप्त भएको मानिने । ९प्रकरण नं। ६० निवेदकका तर्फबाट स् विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री शम्भु थापा, श्री रामकृष्ण निराला, श्री शेरबहादुर के।सी।, श्री प्रेमबहादुर खड्का, श्री चन्द्रकान्त ज्ञवाली, श्री रिजेश त्रिपाठी र विद्वान् अधिवक्ताहरू श्री पूर्णप्रसाद राजवंशी, श्री सन्तोष भण्डारी, श्री शिवकुमार यादव, श्री ललित बस्नेत, श्री बद्रीराज भट्ट विपक्षीको तर्फबाट स् विद्वान् सहन्यायाधिवक्ता श्री संजिवराज रेग्मी र विद्वान् अधिवक्ता श्री ज्ञानरत्न शाक्य
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11054 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2078/08/19 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11054 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
