नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11061 · वि.सं. २०८०
नि.नं. 11061 — जबरजस्ती करणी / हाडनाता करणी
सिद्धान्त / नजिर सार (Headnote Summary)
जबरजस्ती करणी जस्तो अपराधमा पीडितको भनाइलाई महत्त्वपूर्ण प्रमाण मानिए पनि निजको स्वास्थ्य परीक्षण प्रतिवेदन जस्तो भौतिक प्रमाणको ठुलो महत्त्व रहने । पीडितको मौकामा भएको स्वास्थ्य परीक्षण प्रतिवेदनमा जबरजस्ती करणी पुष्टि हुने लक्षण नदेखिएको रायको विपरीत ८।९ दिनपछि भएको अर्को स्वास्थ्य परीक्षणमा पीडितको कन्याजाली च्यातिएको बेहोरा उल्लेख भएको राय शङ्कास्पद देखिएबाट त्यस्तो प्रतिवेदनलाई स्वतन्त्र प्रमाण मानी ग्रहण गर्न नमिल्ने । प्रतिवादी मौकामा पक्राउ परेको र निजको स्वास्थ्य परीक्षण भएकोमा निजको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट जबरजस्ती करणी गरेको पुष्टि हुने लक्षणहरू केही नदेखिँदा केवल प्रतिवादीको मौकाको साबिती बयानका आधारमा प्रतिवादीलाई जबरजस्ती करणीको कसुरदार ठहर्याउन नमिल्ने । (प्रकरण नं. ६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11061 |
|---|---|
| मुद्दाको विषय | जबरजस्ती करणी / हाडनाता करणी |
| निर्णय वर्ष / मिति | 2079/11/08 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा | माननीय न्यायाधीश श्री नहकुल सुवेदी |
| मुद्दा नं. | ०७४-CR-०३५१ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11061 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
