नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11059 · वि.सं. २०८०
नि.नं. 11059 — लागु औषध (खैरो हेरोइन)
सिद्धान्त / नजिर सार (Headnote Summary)
साँझको ५ बजेपछि सबै सरकारी कार्यालय बन्द हुने हुँदा ५ बजेपछि र गस्तीको समयमा सडकमा चेकजाँचको क्रममा तत्काल तयार गर्नुपर्ने बरामदी मुचुल्कामा जनप्रतिनिधि वा सरकारी कर्मचारी प्रायः भेट हुन नसक्ने भएबाट अनुसन्धान अधिकृत प्र.ना.नि. को नेतृत्वमा बरामद गरिएको बरामद मुचुल्का सोही आधारबाट मात्र बेरितको भन्न नसकिने । (प्रकरण नं. ३) लागु औषध कहाँबाट, कोसँग खरिद गरी कहाँ बिक्री गर्न लागेको भन्ने कुरा नखुलेकै कारणबाट आरोपित कसुरबाट उन्मुक्ति पाउने आधार बन्न नसक्ने । (प्रकरण नं. ४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11059 |
|---|---|
| मुद्दाको विषय | लागु औषध (खैरो हेरोइन) |
| निर्णय वर्ष / मिति | 2079/08/23 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल |
| मुद्दा नं. | ०७१-CR-१५३९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11059 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
