नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11046 · वि.सं. २०८०

नि.नं. 11046 — अंश चलन

सिद्धान्त / नजिर सार (Headnote Summary)

बाबु-बाजेका नामबाट नामसारी हुँदै वादी प्रतिवादीहरूका नाममा छुट्टाछुट्टै जग्गाधनी दर्ता स्रेस्ता कायम रहेको देखिएबाट वादी प्रतिवादीहरूका बाबु-बाजेले आफ्नै पालामा आ-आफ्नो अंश भागको जग्गा आपसमा बन्डा गरी लिइसकेको र सोही जग्गाहरू नामसारी तथा बन्डा हुँदै वादी प्रतिवादीहरूका नामदर्तामा सरी आएको भन्‍ने देखिने । (प्रकरण नं. ४) अंश मुद्दाका विवादित विषयहरूमा अंशियार पुस्ताका हाँगाको अवस्था र समयको अन्तराल, घरायसी लिखत एवम् मानो चुलो अलगको प्रमाण, भूमिसुधार कार्यालयमा भरिएको लगत, फाँटवारी एवम् भोग, दर्ता स्रेस्ता, अंशियारा भनिएकै व्यक्तिहरूबिच भएका बिक्री व्यवहार कारोबार, जग्गा वा सम्पत्ति घटबढ हुन पनि सक्ने, आदि आधार प्रमाणलाई व्यवहार प्रमाणको रूपमा मध्यनजर गरी न्याय निरूपण गर्नुपर्ने । (प्रकरण नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11046
मुद्दाको विषयअंश चलन
निर्णय वर्ष / मिति2079/11/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा | माननीय न्यायाधीश डा. श्री कुमार चुडाल
मुद्दा नं.०७१-CI-०५३३ | ०६८-DP-२३०४ | ०७४-CR-०१८०
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11046
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्