नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11045 · वि.सं. २०८०
नि.नं. 11045 — निषेधाज्ञायुक्त परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
करारीय दायित्वसम्बन्धी विषय हो भन्ने मानेर कानूनी उपचारको मार्गसमेत अपनाएको अवस्थामा सोही विषयलाई लिएर रिट क्षेत्राधिकारबाट पनि समानान्तर रूपमा उपचार खोज्नु मनासिब नदेखिने । रिट क्षेत्रको प्रयोग जुनसुकै विषयमा गर्न सकिने नभई वैकल्पिक उपचार वा प्रभावकारी उपचारको व्यवस्था नभएको अवस्थामा संवैधानिक वा कानूनी हकको प्रचलनका लागि मात्र प्रयोग गर्न सकिने । करारीय सम्बन्धको विषयलाई लिएर रिट आदेश जारी गर्नु मनासिब नहुने । सामान्य कानूनको प्रयोग गरी नियमित न्यायिक प्रक्रियाबाट न्यायिक उपचार प्राप्त गर्न सकिने यस प्रकारको विषयमा रिट क्षेत्राधिकारबाट सुनुवाइ गरिनु मनासिब र रिटसम्बन्धी अवधारणाको समेत अनुकूल नहुने । (प्रकरण नं. ३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11045 |
|---|---|
| मुद्दाको विषय | निषेधाज्ञायुक्त परमादेश |
| निर्णय वर्ष / मिति | 2079/05/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश डा.श्री कुमार चुडाल |
| मुद्दा नं. | ०७४-CI-०५२० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11045 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
