नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11048 · वि.सं. २०८०

नि.नं. 11048 — करार अनुरूपको अग्रिम भुक्तानी लिएको रकम दिलाइपाऊँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

मनासिब माफिकको समय निर्धारण गर्दा पक्षहरूले मुख मिलेको तथ्यका सम्बन्धमा सोही अनुकूल र मुख नमिलेमा कुनै पक्षलाई अन्यायिक समृद्धि (unjust enrichment) नहुने गरी मुद्दा गर्ने समयबारे निष्कर्षमा पुग्नु उपयुक्त देखिने । मनासिब माफिकको समयसम्म कुर्दा पनि करारको परिपालना हुने वातावरण सिर्जना नभएमा पक्षहरूमध्ये कसैले दाबी गरेको पछिल्लो मितिलाई मुद्दा गर्नुपर्ने कारण परेको मान्‍नु न्यायोचित देखिने । (प्रकरण नं. ५) करारका पक्षहरूबिच करार सम्झौता भएको मितिदेखि नै करारीय दायित्व सुरू हुनसक्ने भए तापनि पक्षहरूबिच करार गर्दा नै कुन कार्य के कति समयमा सम्पन्‍न गर्ने, सम्पन्‍न नभएमा परिणाम के हुने, कस्तो अवस्था परिस्थिति परेमा करार रद्द भएको मानिने भन्‍ने जस्ता सामान्य सर्तहरू करारमा हुनु अपेक्षित हुने । करारमा संलग्न पक्षहरू वैध अपेक्षासहित सकारात्मक परिणामको लागि करार सम्झौता गरिने हुँदा करार सम्झौता गर्दादेखि नै कुन मितिमा करार भङ्ग हुनसक्छ भन्‍ने पूर्वअनुमान गर्न नसकिने, तर कुन अवस्था परिस्थिति वा सर्तको उल्लङ्घनमा करार भङ्ग हुन्छ भन्‍ने विषय पक्षहरूको क्रियाकलाप, आचरण, संवाद आदि जस्ता विषयका आधारमा निर्क्यौल गर्नुपर्ने । (प्रकरण नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11048
मुद्दाको विषयकरार अनुरूपको अग्रिम भुक्तानी लिएको रकम दिलाइपाऊँ ।
निर्णय वर्ष / मिति2078/11/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा
मुद्दा नं.०६६-DF-००२३
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11048
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्