नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11039 · वि.सं. २०८०

नि.नं. 11039 — उत्प्रेषण, परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

वंशजको नागरिकता रगतको नाता (Jus Sanguinis) बाट पाउने नागरिकता हो । वंशजको नागरिकता व्यक्तिको नैसर्गिक अधिकार हो । विवाह वा सन्तान जन्मेको आधारमा व्यक्तिको वंशजको नागरिकतामा असर पर्न सक्दैन । निजले आफ्नो नागरिकता नलिएमा वा परित्याग गरेको अवस्थामा बाहेक वंशजको नेपाली नागरिक नै रहने । केवल प्रमाण पत्र पछि लिएको भन्ने विषयले वंशजको आधारमा पाउने नागरिकताको पहिचानलाई असर पार्दछ भन्न नमिल्ने । आमा वंशजको नागरिक भई नेपाली नागरिकतालाई योग्य भएको तर नागरिकता प्रमाण पत्रसम्म पछि लिएको आधारमा मात्र निजको नागरिकतालाई अन्यथा भन्न नसकिने । संविधानबमोजिम वंशजको आधारमा नागरिकता प्राप्त गर्न योग्य व्यक्ति नेपालको वंशजको नागरिक ठहर्ने । (प्रकरण नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11039
मुद्दाको विषयउत्प्रेषण, परमादेश
निर्णय वर्ष / मिति2079/05/30
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा
मुद्दा नं.०७८-WO-०५३४ | ०७५-WO-०२६० | ०७५-FN-०४९३ | ०७५-WO-०९९१ | ०७७-WC-००७४ | ०७३-WO-१३६२ | ०७३-WO-१११५
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11039
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्