नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11038 · वि.सं. २०८०
नि.नं. 11038 — उत्प्रेषण परमादेशसमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
कर्मचारीतन्त्रको विशेषतामध्ये कर्मचारीहरू एउटा कानूनी ढाँचामा बाँधिनु पनि हो । यसमा कर्मचारीहरूमा अनुशासन कायम गर्ने र कर्मचारीहरू राजनीतिलगायत अन्य कुनै पनि क्रियाकलापबाट प्रभावित नभई तटस्थ र निष्पक्ष रही प्रभावकारी तवरले सेवा प्रवाह गर्नुपर्ने र कर्मचारी प्रशासनमा अवाञ्छित हस्तक्षेप नहोस् भन्ने पवित्र उद्देश्य सन्निहित रहेको छ । त्यसैले कर्मचारीहरूको नियुक्ति, काज, सरूवा, बढुवा, पदस्थापनलगायतका अन्य व्यवस्थाहरू सेवासम्बन्धी ऐन र नियमावलीद्वारा निर्दिष्ट गरिएको हुन्छ । यसको अर्को उद्देश्य भनेको कर्मचारी प्रशासन प्रभावकारी र स्थिर होस् भन्ने पनि हो । त्यसैले कर्मचारी प्रशासन सम्बन्धित सेवासम्बन्धी ऐन र नियममा आधारित भई सञ्चालन गर्न अनिवार्य हुने । (प्रकारण नं. ३) स्वास्थ्य संयोजक तोक्ने अधिकार गाउँपालिका अध्यक्षलाई हुने भए पनि त्यस्तो अधिकारको प्रयोग निजको स्वेच्छा वा स्वविवेकमा आधारित नभई सेवासम्बन्धी कानून, संगठन संरचना तथा दरबन्दी तेरिज र संगठनका आधारभूत सिद्धान्तसमेतको अधीनमा रही प्रयोग गर्न अनिवार्य हुने । (प्रकरण नं. ७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11038 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण परमादेशसमेत |
| निर्णय वर्ष / मिति | 2079/10/12 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल |
| मुद्दा नं. | ०७७-WO-०५१३ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11038 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
