नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11057 · वि.सं. २०८०

नि.नं. 11057 — अंश चलन, फैसला मितिः २०६७।०९।०७, ने.का.प. २०६८, नि.नं. ८५९७ को मुद्दामा स्थापित भएको देखिन्छ । यसैगरी “कुनै अंश मुद्दाको अन्त्य या त अंश नपाउने ठहरेको अवस्थामा हुन्छ या त अंश पाउने ठहरेको अवस्थामा हुन्छ । अर्थात्‌ अंश मुद्दाको अन्तिम परिणति सम्पत्ति प्राप्‍त हुनु वा नहुनु हुन्छ । अंश पाउने ठहरेको स्थितिमा अंश बुझिलिएको वा विधिवत् तवरले सो हक छाडेको स्थितिमा मात्र मुद्दाको अन्त्य हुनसक्ने ।” भन्‍ने रोहु मुसलमानसमेत विरूद्ध अकबर अली मुसलमान, मुद्दाः अंश नामसारी, ने.का.प. २०६६, अङ्क ५, नि.नं. ८१५५ मा व्याख्या भएको पाइन्छ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

सामान्यतयाः देवानी मुद्दामा प्राङ्न्यायको सिद्धान्त (res judicata) आकर्षित हुन्छ भने फौजदारी मुद्दामा दोहोरो खतराको सिद्धान्त (double jeopardy) आकर्षित हुने गरेको पाइन्छ । फौजदारी मुद्दामा एउटै वारदातबाट विभिन्न कसुर कायम हुनेमा बाहेक एकै विषयसँग सम्बन्धित कसुरमा दुईवटा सँगसँगै (subsequent) फौजदारी कारबाही चलाइएमा प्राङ्न्याय (res judicata) आकर्षित हुन्छ भने देवानी मुद्दाहरूमा दोहोरो खतराको सिद्धान्त (double jeopardy) आकर्षित हुँदैन । दोहोरो खतरा (double jeopardy) आकर्षित हुने देखिएमा फौजदारी मुद्दामा पनि प्राङ्न्याय (res judicata) को दाबी लिन सकिन्छ तर देवानी मुद्दाहरूमा प्राङ्न्यायको सिद्धान्त मात्र आकर्षित हुने । यदि कुनै एकै कसुरमा फौजदारी र देवानी मुद्दा चलेको भएमा शंकारहित तबरबाट (beyond reasonable doubt) फौजदारी कसुरमा सफाइ पाएमा सोही विषयको देवानी मुद्दामा प्रमाणको प्राचुर्यता (preponderance of proof) का आधारमा मात्र सोही व्यक्तिलाई कुनै दायित्व लगाउनु प्राङ्न्याय (res judicata) विपरीत मानिन्छ । तर फौजदारी कसुर ठहरेमा देवानी मुद्दामा दायित्व स्थापित गर्न प्राङ्न्यायको सिद्धान्तले नरोक्ने । प्राङ्न्यायको सिद्धान्तभित्र 'claim preclusion' अर्थात्‌ पहिले निरूपण भएको मुद्दाको उही विषयमा उही व्यक्ति संलग्न भएमा प्राङ्न्याय आकर्षित हुन्छ वा यसलाई त्यस अर्थमा दोहोरो खतरा (double jeopardy) मान्न सकिने । प्राङ्न्यायभित्र नै 'issue preclusion' अर्थात्‌ 'collateral estopple' वा अर्को कुनै मुद्दामा सम्बन्धित मुद्दाको विषय छलफल भई निरूपण भएको रहेछ भने त्यसमा फेरि मुद्दा गर्न सकिँदैन भन्ने मान्यता अन्तर्निहित भएको पाइन्छ भने दोहोरा खतराको सिद्धान्तअन्तर्गत पनि सोही मान्यता अन्तर्निहित भएको मानिने । (प्रकरण नं. ६) अंश मुद्दामा प्राङ्न्यायको सिद्धान्त आकर्षित हुने नदेखिए तापनि यो यति कारणले प्रतिवादीहरूले अंश दिन नपर्ने भनी विवेचनासहित निर्णय नभएको अवस्था र अंश पाउने ठहरेकोमा अंश बुझी नलिएकोमा बाहेक कतिपय अवस्थामा अपवाद स्वरूप अंश मुद्दामा समेत प्राङ्न्यायको सिद्धान्त आकर्षित हुन सक्ने । (प्रकरण नं ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11057
मुद्दाको विषयअंश चलन, फैसला मितिः २०६७।०९।०७, ने.का.प. २०६८, नि.नं. ८५९७ को मुद्दामा स्थापित भएको देखिन्छ । यसैगरी “कुनै अंश मुद्दाको अन्त्य या त अंश नपाउने ठहरेको अवस्थामा हुन्छ या त अंश पाउने ठहरेको अवस्थामा हुन्छ । अर्थात्‌ अंश मुद्दाको अन्तिम परिणति सम्पत्ति प्राप्‍त हुनु वा नहुनु हुन्छ । अंश पाउने ठहरेको स्थितिमा अंश बुझिलिएको वा विधिवत् तवरले सो हक छाडेको स्थितिमा मात्र मुद्दाको अन्त्य हुनसक्ने ।” भन्‍ने रोहु मुसलमानसमेत विरूद्ध अकबर अली मुसलमान, मुद्दाः अंश नामसारी, ने.का.प. २०६६, अङ्क ५, नि.नं. ८१५५ मा व्याख्या भएको पाइन्छ ।
निर्णय वर्ष / मिति2079/08/02
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल
मुद्दा नं.०७३-CI-१२६८
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11057
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्