नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11079 · वि.सं. २०८०

नि.नं. 11079 — उत्प्रेषणयुक्त परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

दायित्व र जिम्मेवारी नै फरक रहेका नेपाल सरकारका सङ्गठनमा कायम गरेको पृथक्-पृथक् सेवाका सर्त र सुविधालाई विभेद गरिएको वा सरकारको व्यवहार न्यायोचित नरहेको भनी अर्थ गर्न नमिल्ने । नेपाल प्रहरी सेवा र नेपाल सैनिक सेवामा रहेको पृथक्-पृथक् निवृत्तिभरणको उमेर हद निवेदक र अन्य कसैको चासो र सरोकारभन्दा पनि नेपाल सरकारको नीति र सम्बन्धित सङ्गठनको उद्देश्य र आवश्‍‍यक्तामा निर्भर रहने । (प्रकरण नं. ७) संविधान र कानूनविपरीत गरेबाहेक त्यस्ता विशुद्ध कार्यपालिकीय क्षेत्राधिकारभित्र पर्ने विषयमा यो यस्तो नीति अख्तियार गर्नु वा कायम रहेको नीति परिवर्तन गर्नु भनी निर्देशात्मक आदेश जारी गर्नु शक्तिपृथकीकरणको सिद्धान्तको अनुकूल नदेखिने । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11079
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेश
निर्णय वर्ष / मिति2079/03/19
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल
मुद्दा नं.०७४-WO-०३६९
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11079
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्