नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11076 · वि.सं. २०८०
नि.नं. 11076 — मोही नामसारी
सिद्धान्त / नजिर सार (Headnote Summary)
भूमिसम्बन्धी ऐन, २०२१ मा भएको जग्गाधनी र मोहीलाई बराबर जग्गा बाँडफाँट गरिदिनुपर्ने व्यवस्थाले जग्गाको स्वामित्व रहेको जग्गाधनी र मोही दुवैथरीको हित संरक्षण गर्ने विधायिकी मनसायलाई व्यक्त गर्ने । कुनै व्यक्तिले कुनै हक अधिकारको दाबी लिइसकेपछि सो हक स्थापित भएमा कानूनबमोजिम निसृत हुने आफ्नो वा अरू कसैको हक अधिकारसमेतको दाबी लिएको मान्नुपर्ने । साबिक मोहीका हकवालाहरूले मोही नामसारी मुद्दा दायर गर्दैमा साबिक मोहीले लिएको मोही बाँडफाँटको दाबी नै निष्क्रिय हुन नसक्ने । साबिक मोहीले मोहियानी जग्गा बाँडफाँट मुद्दा दायर नगरेको अवस्थामा मोहीका हकवालाबाट मोही नामसारीसम्बन्धी मुद्दा परेको अवस्थामा प्रमाण पुर्याउने तथा जग्गाधनीले पत्याएको एकासगोलको व्यक्तिमा मोही हक नामसारी हुने भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६घ२. र २६(१) को मकसद रहेको देखिने । (प्रकरण नं. ७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11076 |
|---|---|
| मुद्दाको विषय | मोही नामसारी |
| निर्णय वर्ष / मिति | 2077/12/31 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी |
| मुद्दा नं. | ०७१-CI-१२७५ | ०७०-RI-१४१६ | ०७१-CI-१२७६ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11076 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
