नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11070 · वि.सं. २०८०
नि.नं. 11070 — लागु औषध गाँजा
सिद्धान्त / नजिर सार (Headnote Summary)
सम्पूर्ण रूपमा गढाउ प्रमाण शून्यताको स्थितिमा केवल प्रतिवादीको नाममा सवारी साधन दर्ता रहेको छ भन्ने आधारमा नै निजलाई गाँजा ओसारपसार गरेको कसुरदार ठहर गर्नु न्यायोचित नहुने । कुनै सवारी साधनमा कुनै ड्राइभर, खलासी, यात्रु वा अन्य कसैले कुनै अवैध चिज-वस्तु राखेको कारणबाट नै स्वत: सो सवारी साधन जफत गर्न नमिल्ने । अवैध कार्य गर्ने गराउने कुरामा सवारी-धनीको जानकारी, सहमति वा मन्जुरी देखिनु आवश्यक हुने । (प्रकरण नं. ४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11070 |
|---|---|
| मुद्दाको विषय | लागु औषध गाँजा |
| निर्णय वर्ष / मिति | 2078/09/27 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा |
| मुद्दा नं. | ०६९-CR-०४५४ | ०७०-CR-०४२१ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11070 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
