सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ १८७ / ४४०

नि.नं. 7049वि.सं. २०५८संयुक्त इजलास

उत्प्रेषण

§ रिट निवेदकले विपक्षी नेपाल बैङ्क लिमिटेडसँग लिएको कर्जाको रीतपूर्वक सुरक्षण दिन नसकी सो कर्जा म्याद भित्र चुक्ता नगरेको समेत कारणबाट विपक्षी बैङ्कको थैली सम्बन्धमा निवेदकको जायजेथाबाट निवेदकको अंश हक लाग्ने कि. नं. १०१५ को घरजग्गाबाट भरि पाउँने फैसला भएको र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7048वि.सं. २०५८संयुक्त इजलास

उत्प्रेषण समेत

§ निवेदक केशव नेपालको छोरा अनुप नेपाल अंशवण्डा भई छुट्टिई भिन्न भइसकेको र निजले ऋण रकमका सम्बन्धमा निवेदकको कुनै सरोकारै नभएकोमा निवेदकको दर्ता तथा हक भोगको का. जि. का. म. न. पा. वडा नं. ३२ कालिका स्थान स्थित कि. नं. १३४ र १३५ को घरजग्गा खीमा खापुङ वादी अनुप न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7047वि.सं. २०५८पूर्ण इजलास

अंश चलन ।

अंश चलन

§ सहोदर नातीले मेरो हेरविचार टहल चाकरी पालनपोषण गरेको हुनाले मेरो भागमा आउने चल अचल श्रीसम्पत्ति अष्टलोह ग्रैह शेषपछि खानु भनी मिति २०१४।१०।२७ मा वज्यै नरदेवाले प्रतिवादी वलराम खड्कालाई शेषपछिको वकसपत्र गरीएको मिसिल संलग्न कागजातबाट देखिन्छ । वज्यै नरदेवाले प्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7046वि.सं. २०५८पूर्ण इजलास

क्षतिपूर्ति दिलाई पाउँ ।

क्षतिपूर्ति दिलाई पाउँ

§ प्रतिवादी हिमाल सिमेण्ट कम्पनीले उत्पादन गरेको सिमेन्ट आफ्नो घरको ढलान कार्यमा प्रयोग गर्दा सो सिमेन्टको कारणबाट ढलान चुहिन गई नागरीक अधिकार ऐन, २०१२ को दफा ५ (५) (६) र ९ ले प्रदत्त गरेको सम्पत्ति सम्बन्धी अधिकारमा आघात पुग्न गयो भनी पुनरावेदक वादी ऐ. ऐनको द…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7045वि.सं. २०५८पूर्ण इजलास

पारित राजिनामा बमोजिम जग्गा नाप नक्सा गरी दाखेल खारेज गरी पाउँ ।

पारित राजिनामा बमोजिम जग्गा नाप नक्सा गरी दाखेल खारेज गरी पाउँ

§ सप्तरी जिल्ला राजविराज नगरपालिका वडा नं. ९ को कि. नं. ५९ को रविलाल चौधरीको नाउँमा दर्ता भएको ज. वि. १—१—१ जग्गा मध्ये राजदेवी गौशलाको मिति २०३३।१२।१० मा पारित राजिनामा बमोजिम ०—१०—० जग्गा खरिद गरी सो जग्गा कि. नं. २५५ कायम हुन आएको र कि. नं. २८३ बाट विभिन्न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7044वि.सं. २०५८विशेष इजलास

उत्प्रेषणयुक्त परमादेश लगायत जुनसुकै उपयुक्त आज्ञा आदेश वा पुर्जि जारी गरी पाउँ

§ संविधानको धारा ११ ले लिंग समेतको आधारमा भेदभाव नगरी नेपाली नागरीक महिला र पुरुषलाई समान दृष्टिले हेरिने र कानूनको समान संरक्षण हुने प्रत्याभूतिका साथ समानताको हक प्रत्यभूत गरेको छ । साथसाथै संविधान प्रारम्भ भएपछि जन्मेको कुनै ब्यक्तिको बाबु निजको जन्म हुँदा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7043वि.सं. २०५८संयुक्त इजलास

परमादेश लगायत जो चाहिने आज्ञा आदेश जारी गरि पाउँ

§ धितो राखिएको जग्गा सम्बन्धमा विवाद परी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको भनी निवेदनमा उल्लेख गरेको देखिन्छ तर के कस्तो मुद्दा परी तल्लो अदालतबाट के कारवाही भै यस अदालतमा मुद्दा चलेको भन्ने कुरा निवेदनबाट खुल्न आउदैन साथै त्यसरी चलेको मुद्दाको विषयमा बै…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7042वि.सं. २०५८संयुक्त इजलास

परमादेश ।

§ निवेदक खानेपानी नियमित र स्वच्छ छैन भनिरहनु भएको पाइन्छ भने अर्कोतिर खानेपानी संस्थानद्वारा WHO को Standard अनुरुप छ । जैविक परीक्षण भएको छ भनी जिकिर लिई विवादको स्थिति सिर्जना भएकोले यसरी मुख नमिली विवादको स्थिति आएको अवस्थामा अ. वं. १८४ (क) नं. बमोजिम खाने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7041वि.सं. २०५८संयुक्त इजलास

वहुविवाह ।

वहुविवाह

§ प्रतिवादीले २०४६ सालमा छोरी जन्मेको भन्ने कुरामा स्वीकार गरी २०३२ सालमा विवाह भएको २०४६ सालमा जेठी श्रीमती बाटै छोरीको जन्म भैसकेपछि २०५० सालमा आएर कान्छी पार्वतीलाई विवाह गरेको अवस्थामा बिवाह गरेको दश वर्ष सम्म सन्तान नभएको अर्थ गरी जेठी श्रीमति तर्फबाट छोर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7040वि.सं. २०५८संयुक्त इजलास

उत्प्रेषण, परमादेश

§ नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १७ को उपधारा (२) ले सार्वजनिक हितको लागि वाहेक राज्यले कुनै व्यक्तिको सम्पत्ति अधिग्रहरण वा प्राप्त गर्ने वा त्यस्तो सम्पत्ति उपर अरु कुनै प्रकारको कुनै अधिकारको र्सिजना गर्ने छैन भन्ने र धारा १७ को उपधारा (३) मा सार्वज…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7039वि.सं. २०५८संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश जारी गरीपाउँ

§ लोकसेवा आयोगबाट निरीक्षण तथा छानविनद्वारा गणक पदको पदपूर्ति नै लोकसेवा आयोगबाट निर्धारित शर्त र प्रक्रिया बमोजिम नभएको भन्ने देखिंदा त्यस्तो पदपूर्ति सम्बन्धी कारवाहीलाई नियमित रुपमा नै भएको भन्न मिल्ने नदेखिंदा र निजामती सेवा नियमावली, २०५० को परिच्छेद ३ नि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7038वि.सं. २०५८संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश

§ विवादीत जग्गा निजी वा सार्वजनिक भन्ने विवादको प्रश्न उपस्थित भएको देखियो । यस्तो अवस्थामा विवाद जग्गा सार्वजनिक हो भन्ने एकिन प्रमाण वेगर सो सम्बन्धमा हक वेहक हुने गरी निर्णय गर्ने अधिकार न. पा. लाई भएको देखिदैन । न. पा. को लिखित जवाफमा न. पा. ऐन, २०४८ को दफ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7037वि.सं. २०५८संयुक्त इजलास

उत्प्रेषण समेत

§ निवेदकहरुको सम्बन्धित व्यक्तिगत फाइल अध्ययन गर्दा संशोधित नियमको आगमनपूर्व विभिन्न अस्पतालमा निवेदकहरु केहीले इन्टर्नसिपको कार्यसम्पन्न गरी सकेको र अन्यले सो कार्य गरी रहेका भन्ने देखिन आउँदछ । नेपाल मेडिकल काउन्सिल ऐन, २०२० को दोश्रो संशोधनले अनुसूची १ (क)…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7036वि.सं. २०५८संयुक्त इजलास

जग्गा खिचोला चलन ।

जग्गा खिचोला चलन

§ विवादित कि. नं. १०१ र १०२ को जग्गाको जग्गाधनी दर्ता प्रमाणपूर्जा यि वादी टोपकहादुर पचमैयाले जिल्ला भूमि प्रशासन कार्यालय, पर्साको मिति २०२४।१२।२२ को निर्णय बमोजिम प्राप्त गरेको देखिएको र भूभि प्रशासन कार्यालयको उक्त निर्णयलाई अन्यथा भन्न सकेको अवस्था नरहेकोम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7035वि.सं. २०५८पूर्ण इजलास

उत्प्रेषण मिश्रित परमादेश ।

§ नेपाल आर्थिक योजना तथा तथ्यांक सेवा नियम २०५१ को अनुसूची ३ मा तथ्यांक समूहको रा. प. तृतीय श्रेणीको लागि “मान्यता प्राप्त शिक्षण संस्था वा तथ्यांक शास्त्र वा गणित वा जनसंख्या शास्त्र वा एप्लाइड स्टाटिस्टिक्स विषयमा स्नातकोत्तर वा सो सरह उत्तिर्ण” भनी शैक्षिक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7034वि.सं. २०५८पूर्ण इजलास

लेनदेन

§ वादी दावीको वादी र प्रतिवादीका बीच मिति २०५१।५।२७ मा भएको लिखतबाट प्रतिवादी सरीता देवकोटाले आफ्नो नाम दर्ताको कि. नं. ५८८ को ०–१०–३ जग्गाको प्रति रोपनी रु. १३,५०,०००।ले वादी बाबुराम राईलाई विक्री गर्न मंजुर भई रु. ५०,०००।बैना लिएको र उक्त जग्गाको हुन आउने वा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7033वि.सं. २०५८विशेष इजलास

नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३।८८ (१) (२) अन्तर्गत उत्प्रेषण परमादेश अधिकारपृच्छा लगायत जो चाहिने आज्ञा आदेश जारी गरी पाउँ

§ इजलास समक्ष कानून व्यवसायीको हैसियतले उपस्थित भई पक्षका तर्फबाट बहस गर्ने अधिकार अभिकर्तालाई प्राप्त हुन सकने कानूनी व्यवस्था रहेको भन्ने देखिएको छैन । प्रमाण ऐन, २०३१ बमोजिम साक्षी बक पत्र गराउँदा सोधपुछ र जिरह समेतका काम इजलास समक्ष हुने र पक्षको तर्फबाट क…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7032वि.सं. २०५८पूर्ण इजलास

लिखत वदर ।

वेरीतको आदेश वदर गराई पाउँ

§ मुलुकी ऐन अ. वं. ६२ (३) ले म्याद तारेखमा हाजिर हुनुपर्ने व्यक्ति मरी निजको दैयादारले म्याद तारेख थामी मुद्दा सकार गर्न अड्डामा हाजिर भई निवेदन पत्र दिएमा म्याद तारेख थामी दिई मुद्दा सकार गराई दिनु पर्ने व्यवस्था गरेको र सो व्यवस्था अन्तर्गत मुद्दा सकार गर्न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7031वि.सं. २०५८विशेष इजलास

नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १, २३ र ८८ (१) अन्तर्गत आदेश वा जो चाहिने आज्ञा आदेश जारी गरी पाउँ ।

§ सर्वप्रथम अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३४ (२) बाझिएको भन्ने जिकिरका सम्बन्धमा विचार गर्दा सो दफामा “भ्रष्टचारको आरोपमा यस ऐन अन्तर्गत चलेको मुद्दामा श्री ५ को सरकार वादी हुनेछ” भन्ने व्यवस्था गरेको पाइन्द्धछ । आयोगको मुद्दा दायर गर्ने कुर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7030वि.सं. २०५८विशेष इजलास

नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १, २३ र ८८ (१) अन्तर्गतको आदेश वा जो चाहिने आज्ञा आदेश जारी गरी पाउँ ।

§ वर्तमान युगको नविनतम संवैधानिक सार्वभौमिकताको सिद्धान्त नेपाल अधिराज्यको संविधानमा मुखरित भएको हो । यो हाम्रो संवैधानिक संरचनाको मुटु हो । संविधान जनतामा निहित सार्वभौमसत्ताको प्रयोग विधि निश्चय गर्ने दस्तावेज भएकोले संवैधानिक सर्वोच्चताको अवधारणा जनतामा निह…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7029वि.सं. २०५८संयुक्त इजलास

निर्वाचन बदर ।

§ सम्वन्धित जिल्ला न्यायाधिवक्ता वा नीज नभएको अबस्थामा जिल्ला न्यायाधिवक्ता भै काम गर्ने ब्यक्ति मार्फत उजुरी पत्र दर्ता गरी पठाउनु पर्नेमा सो बमोजिम प्रस्तुत उजुरी पत्र दर्ता भै आएको देखिएन । सो ऐनको दफा २८ मा यो ऐन बमोजिम दिइने उजुरी पत्र कानूनको रीत पुगेको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7028वि.सं. २०५८संयुक्त इजलास

झुठ्ठा बिवरण पेश गरी नागरिकता लिएको ।

§ अरुणकुमार यादवको नामको नेपाली नागरिकताको सक्कल प्रमाण पत्र काठमाडौंमा डेरा गरी बस्ने भारत दिल्ली निवासी अमित बंशलको डेराबाट बरामद भई सो नागरिकतामा टाँसेको फोटो निज अमितको हो भनि घर धनिले लेखाई दिएको, अरुण कुमार नाम गरेको व्यक्ति अदालतमा उपस्थित हुन नसकेको, न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7027वि.सं. २०५८संयुक्त इजलास

उत्प्रेषण लगायत परमादेश तथा अन्य आवश्यक आज्ञा आदेश पूर्जि जारी गरि पाउं ।

· नेपाल राष्ट्र वैंकले नै २०५५।७।२७ मा निर्णय गर्दा निश्चित प्रकृया अख्तियारको आधारमा कालोसूचीमा राखिएको देखिएन भन्ने पत्रलाई राष्ट्रिय वाणिज्य वैंकले कुनै वास्ता गरेको नदेखिएको, वैंकले एलसी खोल्दा एलसी रकमको सुरक्षण निमित्त धितो लिई एलसी खोलेवाट र त्यस्तो वैं…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7026वि.सं. २०५८संयुक्त इजलास

कर्तव्य ज्यान ।

· मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १४ नं. को कानूनी व्यवस्था हेर्दा ज्यान मार्नको मनसाय नरहेको ज्यान लिनुपर्ने सम्मको ईवी पनि नरहेको, लुकी चोरी नहानेको उसै मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी साधारण लाठा, ढुङ्गा, लात, मुक्का इत्यादि हान्दा सोही चोट पिरले मर…

नजिर सार पढ्नुहोस् →