नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7041 · वि.सं. २०५८
नि.नं. 7041 — वहुविवाह ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ प्रतिवादीले २०४६ सालमा छोरी जन्मेको भन्ने कुरामा स्वीकार गरी २०३२ सालमा विवाह भएको २०४६ सालमा जेठी श्रीमती बाटै छोरीको जन्म भैसकेपछि २०५० सालमा आएर कान्छी पार्वतीलाई विवाह गरेको अवस्थामा बिवाह गरेको दश वर्ष सम्म सन्तान नभएको अर्थ गरी जेठी श्रीमति तर्फबाट छोरी जन्मी सकेपछि विवाह गरेको देखिंदा कसूर नगरेको भन्न मिलेन । प्रतिवादीले अभियोग दावी अनुसार कसूर गरेको देखिंदा प्र. एकनाथ गौतमको हक सम्म शरु इन्साफ उल्टी गरी प्र. एकनाथ गौतमलाई कैद महिना एक र रु. १०००/— एक हजार जरिवाना गरी पार्वती गौतमको हकमा निजले जानाजान दाश्रो बिवाह गरेको नदेखिएको भनी सफाई दिएको शुरु सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला मुनासिव ठहर्छ । (प्र. नं. १६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7041 |
|---|---|
| मुद्दाको विषय | वहुविवाह । |
| निर्णय वर्ष / मिति | 2058/05/01 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५८, नि.नं. 7041 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
