नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7043 · वि.सं. २०५८

नि.नं. 7043 — परमादेश लगायत जो चाहिने आज्ञा आदेश जारी गरि पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ धितो राखिएको जग्गा सम्बन्धमा विवाद परी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको भनी निवेदनमा उल्लेख गरेको देखिन्छ तर के कस्तो मुद्दा परी तल्लो अदालतबाट के कारवाही भै यस अदालतमा मुद्दा चलेको भन्ने कुरा निवेदनबाट खुल्न आउदैन साथै त्यसरी चलेको मुद्दाको विषयमा बैंकबाट जानकारी हुने अवस्था रहेको पनि देखिदैन । सो धितो पारित गरेको जेथाबाट कर्जा असुल उपर नभएको अवस्थामा अन्य चल अचल सम्पत्ति समेत पक्रन सक्ने व्यहोरा उल्लेख गरी बैंकलाई धितो पारीत गरेको संलग्न कागजबाट देखिएको स्थितिमा आफैले राजीखुशी साथ गरी दिएको कागजमा उल्लेख भाखा भित्र ऋण नबुझाएबापत धितो रहेको जेथा लिलाम गर्न सूचना निकालेको कार्य कानून विपरीत भएको भन्ने नदेखिएकोले निवेदन माग बमोविमको आदेश जारी हुने अवस्था नदेखिने । (प्र. नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7043
मुद्दाको विषयपरमादेश लगायत जो चाहिने आज्ञा आदेश जारी गरि पाउँ
निर्णय वर्ष / मिति2058/05/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री भैरव प्रसाद लम्साल | माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री
उद्धरण सन्दर्भने.का.प. २०५८, नि.नं. 7043
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्