नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7047 · वि.सं. २०५८
नि.नं. 7047 — अंश चलन ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ सहोदर नातीले मेरो हेरविचार टहल चाकरी पालनपोषण गरेको हुनाले मेरो भागमा आउने चल अचल श्रीसम्पत्ति अष्टलोह ग्रैह शेषपछि खानु भनी मिति २०१४।१०।२७ मा वज्यै नरदेवाले प्रतिवादी वलराम खड्कालाई शेषपछिको वकसपत्र गरीएको मिसिल संलग्न कागजातबाट देखिन्छ । वज्यै नरदेवाले प्रतिवादी वलराम खड्कालाई मिति २०१४।१०।२८ मा अष्टलोह गैह्र सम्पत्ति वज्यै नरदेवाका हकमा २०९९।१०।१६ मा सानो छुट्टिएको मिति कायम भएपछि शेषपछिको वकसपत्र पारित गरी दिएको कुरामा कुनै विवाद देखिदैन । दाता वज्यै नरदेवाको २०१६।७।२८ मा मृत्यु भए प्रश्चात प्रतिवादी वलराम खड्काले आफ्ना पिता दलबहादुर खड्का उपर वज्यै नरदेवाको अंश भाग जति शेषपछिको वकसपत्र वमोजिम अशं भाग छुट्याई पाउँ भनी दिएको अंश मुद्दा का. इ.दे.अ. बाट मिति २०१९।३।३१ मा शेषपछिको वक्सपत्र वमोजिम वादीले अंश लिन पाउने ठहरी फैसला भएको संलग्न प्रमाण मिसिलबाट देखिन्छ । उक्त फैसला वमोजिम सोही मितिमा का.इ.दे.अ. बाट खडा गरीएको वण्डा मुचुल्कामा यी प्रतिवादी वलरामको हकमा १९९९।१०।१६ मा सानो छुट्टिएको मिति कायम भै त्यसको अघिल्लो दिन सम्मको तायदाती लिई वज्यै नरदेवाको वकसपत्र वमोजिमको सम्पत्ति वण्डा छुट्यार्इ लिएको मिसिल संलग्न वण्डा मुचुल्काको प्रतिलिपिबाट देखिन आयो । प्रतिवादी वलराम खड्काले शे.व. वमोजिमको सम्पत्ति अंश लिन पाउने ठहरी मिति २०१९।३।३१ मा का.इ.दे.अ. बाट भएको फैसला वदर गरी पाउँ भनी यी वादी ललितवहादुर र निजकी आमा सुन्तलीले काठमाण्डौं जिल्ला अदालतमा दिएको मुद्दामा वादी दावी पुग्न नसक्ने ठहरी मिति २०३२।८।१५ मा फैसला भएको र सो उपर परेको पुनरावेदन २०३३।८।२९ मा वागमती अंचल अदालतबाट सो फैसला वदर नहुने भनी फैसला भै उक्त फैसला अन्तिम भएर वसेको देखिन्छ । वादी वलराम खड्का प्रतिवादी दलवहादुर भएको साथै पेश भएको लगाउको अंश मुद्दामा शुरु काठमाडौ जिल्ला अदालतबाट फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गर्ने गरी मिति २०४२।४।१० मा भएको आदेश उपर यिनै प्रतिवादी वलरामको अ.व. १७ नं. अन्तर्गत मानो छुट्टिएको मिति कायम गर्ने गरी मिति २०४२।४।१० मा शुरुको आदेश वदर गरी वलराम खड्काको हकमा मिति १९९९।१०।१६ लाई मानो छुट्टिएको मिति कायम गर्ने गरी आदेश मध्यमाञ्चल क्षेत्रीय अदालतबाट मिति २०४२।९२६ मा र सर्वोच्च अदालतबाट २०४३।१।३१ मा कानून वमोजिम गर्ने आदेश भै अन्तिम भएर रहेको देखिन्छ । तसर्थ प्रतिवादी वलराम खड्काको हकमा मानो छुट्टिएको मिति १९९९।१०।१६ अदालतको फैसला तथा आदेशले तहतह हुँदै अन्तिम भएर रहेको देखिँदा प्रस्तुत मुद्दाको फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरीनुपर्छ भन्ने पुनरावेदन वादी तर्फबाट विद्वान कानून व्यवसायीहरुको वहस जिकिरसँग सहमत हुन सकिएन । § प्रतिवादी वलराम खड्काले वज्यै नरदोवाबाट मिति २०१४।१०।२८ मा शे.व. बाट पाएको सम्पत्तिमा वादीको समेत अंश भाग लाग्ने हो, होइन भन्ने तर्फ विचार गर्दा प्रतिवादी वलराम खड्कालाई वज्यै नरदेवाले निजको अंश भागको सम्पत्ति मिति २०१४।१०।२८ मा शे.व. पारित गरी दिएको देखियो । यहि शे.व. बाट प्राप्त गरेको सम्पत्ति वज्यै नरदेवाको मृत्यु पश्चात वलरामले पिता दलवहादुर उपर अंश मुद्दा दिई का.इ.दे.अ. को मिति २०१९।३।३१ को फैसलाबाट छुट्याई लिएको देखिन्छ । उक्त मिति २०१९।३।३१ को फैसलाले वकसपत्र वमोजिम प्रतिवादी वलरामले प्राप्त गरेको सम्पत्तिमा हाम्रो समेत अंश हक लाग्ने भनी यी वादी अलितबहादुर र निजकी आमा सुन्तलीले सो फैसला वदर गरी पाउन मुद्दा दायर गरेमा फैसला वदर हुन नसकी तहतह हुँदै अन्तिम भएर रहेको देखिन्छ । अदालतको फैसला तथा आदेशले वलराम खड्काको हकमा मानो छुट्टिएको मिति १९९९।१०।१६ कायम भै रहेको स्थितिमा यी वादी र प्रतिवादी माथि उल्लेखित आधार प्रमाणबाट उक्त सम्पत्तिका सम्बन्धमा प्रस्तुत मुद्दाको फिराद परेको अघिल्लो दिन सम्म सगोलमा नै रहेवसेको भन्न मिल्ने देखिएन । प्रतिवादी वलरामको हकमा १९९९।१०।१६ मा मानो छुट्टिएको मिति कायम भै सो मितिबाट मानो छुट्टिई अलग भिन्न वसेको परिप्रेक्ष्यमा निज प्रतिवादीले वज्यै नरदेवाबाट मिति २०१४।१०।२८ को शे.व. वमोजिम प्राप्त गरेको सम्पत्तिमा अन्य अंशियारहरुको भाग वण्डा लाग्छ भन्न मिल्ने अवस्था देखिएन । तसर्थ अदालतबाट भएका फैसला तथा आदेशले वलराम खड्काको हकमा मिति १९९९।१०।१६ मा मानो छुट्टिएको मिति कायम भइरहेको अवस्थामा प्रतिवादी वलराम खड्काले शे.व. बाट प्राप्त गरेको सम्पत्तिमा पुनरावेदन वादीको समेत अंश भाग लाग्नु पर्छ भन्ने पुनरावेदक तर्फका विद्वान कानून व्यवसायीहरुको वहस जिकिरसँग सहमत हुन सकिएन । § प्रतिवादी वलराम खड्काले वज्यै नरदेवाबाट पाएको वकसपत्र वमोजिमको जग्गा वाहेक गरी पेश भएको तायदातीबाट ८ भागको १ भाग वादीले अंश पाउने ठहर्याएको पुनरावेदन अदालत पाटनको मिति २०४९।५।९ को फैसलालाई सदर गरेको मा. न्या. श्री हरिश्चन्द्रप्रसाद उपाध्यायको राय सदर हुने । (प्र.नं. १९ देखि २१)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7047 |
|---|---|
| मुद्दाको विषय | अंश चलन । |
| निर्णय वर्ष / मिति | 2058/01/27 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री टोपबहादुर सिंह | माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री | माननीय न्यायाधीश श्री केदार प्रसाद गिरी | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसद उपाध्यायको रायसँग सहमत हुन नसकेबाट सर्वोच्व अदालत नियमावली | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझीको राय । | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझीको रायसँग नियमावली | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्यायको राय । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५८, नि.नं. 7047 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
