नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7035 · वि.सं. २०५८

नि.नं. 7035 — उत्प्रेषण मिश्रित परमादेश ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ नेपाल आर्थिक योजना तथा तथ्यांक सेवा नियम २०५१ को अनुसूची ३ मा तथ्यांक समूहको रा. प. तृतीय श्रेणीको लागि “मान्यता प्राप्त शिक्षण संस्था वा तथ्यांक शास्त्र वा गणित वा जनसंख्या शास्त्र वा एप्लाइड स्टाटिस्टिक्स विषयमा स्नातकोत्तर वा सो सरह उत्तिर्ण” भनी शैक्षिक योग्यता तोकिएको पाईन्छ । यसरी तथ्यांक विषयमा सहित कुनै विषयमा स्नातकोत्तर गरेको व्यक्ति लोकसेवा आयोगको विज्ञापन बमोजिम सो पदमा उम्मेरदवार हुन योग्यता नपुगेको भनी मान्न मिलेन । यिनै निवेदक र प्रत्यर्थी दुबै जनाले सोही विज्ञापनको आधारमा आवेदन दिई लिखित परिक्षामा समावेश भई उत्तिर्ण भएपछि अन्तवार्तामा समेत समावेश भएको देखिन्छ । विपक्षी उत्तम नारायण मल्लले अर्थशास्त्रमा तथ्यांक विषय समेत लिई स्नाकोत्तर गरेकोमा कुनै विवाद नदेखिएको अवस्थामा लोकसेवा आयोगको सो विज्ञापनबाट समेत निजको योग्यता नपुगेको भन्नु युक्तिसंगत देखिदैन । अतः विपक्षी उत्तम नारायाण मल्लको उम्मेरदवार हुन योग्यता नै नपुगेको र तथ्यांक शास्त्रमा स्नाकोत्तर भएको कारणले म नै उक्त पदमा उत्तिर्ण हुनु पर्छ भन्ने निवेदक जगनाथ ओझाको दावी कानून संगत नदेखिंदा रिट निवेदन खारेज हुने। (प्र. नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7035
मुद्दाको विषयउत्प्रेषण मिश्रित परमादेश ।
निर्णय वर्ष / मिति2058/04/32
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री टोप बहादुर सिंह | माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी | माननीय न्यायाधीश श्री सुसीला सिंह सिलु | माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्माको राय । | माननीय न्यायाधीश श्री कृष्णकुमार वर्माको राय सदर हुनु पर्छ भन्ने वहस प्रस्तुत गर्नु भयो । विपक्षी लोकसेवा आयोग कृर्षि मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका तर्फबाट विद्वान सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठले योग्यता निर्धारण गर्ने अधिकार लोकसेवा आयोगलाई छ | माननीय न्यायाधीश श्री गोािन्दबहादुर श्रेष्ठको राय सदर हुने ठहर्छ । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उद्धरण सन्दर्भने.का.प. २०५८, नि.नं. 7035
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्