नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7036 · वि.सं. २०५८

नि.नं. 7036 — जग्गा खिचोला चलन ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ विवादित कि. नं. १०१ र १०२ को जग्गाको जग्गाधनी दर्ता प्रमाणपूर्जा यि वादी टोपकहादुर पचमैयाले जिल्ला भूमि प्रशासन कार्यालय, पर्साको मिति २०२४।१२।२२ को निर्णय बमोजिम प्राप्त गरेको देखिएको र भूभि प्रशासन कार्यालयको उक्त निर्णयलाई अन्यथा भन्न सकेको अवस्था नरहेकोमा दावीको उक्त कि. नं. १०१ र १०२ मा २०३८।१२।१७ भन्दा अगाडि यि प्रतिवादीहरु मध्ये केही प्रतिवादीले खिचोला गर्‍यो भनि दिएको मुद्दामा डिसमिस फैशला हुँदैमा सोहि जग्गामा पुनः त्यस मुद्दाका केहि प्रतिवादीहरु र अन्य प्रतिवादीहरु समेतले २०४७।८।१५ मा खिचोला गरेको भनी दिएको मुद्दा उपर अ. वं. ८५ नं. बमोजिम अघिल्लो मुद्दाको फैशलालाई आधार लिई गरेको खारेजी फैशला कानून संगत देखिएन । किनकी २०३८।१२।१७ भन्दा पहिला खिचोला गरेको भन्ने वादी दावी र २०४७।८।१५ मा खिचोला गरेको भन्ने वादी दावीमा वादी र विवादित जग्गा साथै केहि प्रतिवादीहरु एकै हुँदैमा अ. वं. ८५ मा प्रयुक्त सोही मुद्दा हो भन्न मिल्ने देखिदैन । तसर्थ फरक फरक अवस्थामा सिर्जना गएको मुद्दामा वादी र केही प्रतिवादी एकै हुँदैमा मात्र प्राङ्गन्यायको सिद्धान्त (Res Judicata) आकर्षित हुन नसक्ने । (प्र. नं. २४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7036
मुद्दाको विषयजग्गा खिचोला चलन ।
निर्णय वर्ष / मिति2058/03/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा
उद्धरण सन्दर्भने.का.प. २०५८, नि.नं. 7036
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्