नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7026 · वि.सं. २०५८
नि.नं. 7026 — कर्तव्य ज्यान ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
· मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १४ नं. को कानूनी व्यवस्था हेर्दा ज्यान मार्नको मनसाय नरहेको ज्यान लिनुपर्ने सम्मको ईवी पनि नरहेको, लुकी चोरी नहानेको उसै मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी साधारण लाठा, ढुङ्गा, लात, मुक्का इत्यादि हान्दा सोही चोट पिरले मरेको १० वर्ष कैद गर्नुपर्ने व्यवस्था उल्लेख भएको र ऐ.१७(३) नं. मा ज्यान मार्ने मतलवमा फसेको मुख्य भै वचन पनि नदिने हात हतियार पनि नछोड्ने, जिउमा पनि नछुने मार्ने ठाउँमा गई अरु कुरा केही नगरी हेरी रहनेलाई र अन्य मतलवीलाई ६ महिना देखि तीन वर्ष सम्म कैद गर्नुपर्ने उल्लेख भएको पाइन्छ । यसरी मुलुकी ऐन ज्यान सम्बन्धीको १४ नं. को कसूरको प्रकृति संग ऐ. १७(३) नं. को कसूरको प्रकृति पूर्णत असान्दर्भिक एवं असम्बन्धीत रहेकोमा वादीले ज्यान समबन्धीको १४ नं. को कसूरको दावी लिएको अवस्थामा उक्त १४ नं. को दावी पुष्टि हुन नसके पछि प्रतिवादीहरुले वादी दावी भन्दा असान्दर्भिक एव दफा १७(३) को कसूर गरेको भनी मान्न सकिने अवस्था समेत रहँदैन । (प्र.नं. ५३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7026 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान । |
| निर्णय वर्ष / मिति | 2058/04/22 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री टोपवहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५८, नि.नं. 7026 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
