नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7039 · वि.सं. २०५८

नि.नं. 7039 — उत्प्रेषणयुक्त परमादेश जारी गरीपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ लोकसेवा आयोगबाट निरीक्षण तथा छानविनद्वारा गणक पदको पदपूर्ति नै लोकसेवा आयोगबाट निर्धारित शर्त र प्रक्रिया बमोजिम नभएको भन्ने देखिंदा त्यस्तो पदपूर्ति सम्बन्धी कारवाहीलाई नियमित रुपमा नै भएको भन्न मिल्ने नदेखिंदा र निजामती सेवा नियमावली, २०५० को परिच्छेद ३ नियम २५ (२) मा लोकसेवा आयोगबाट प्रत्यायोजित अधिकार बमोजिम नियुक्ति हुने पदमा निर्धारित प्रक्रिया र शर्तको पालना नगरी नियुक्ति गरेको अवस्थामा सो नियुक्ति अनियमित भएको छ भनि लोकसेवा आयोगबाट त्यसरी नियुक्ति भएको कर्मचारीको परीक्षणकाल भित्र लेखि आएमा निजलाई सो अवधि भित्र हटाउनु पर्ने छ भन्ने व्यवस्था भै रहेको देखिंदा लोकसेवा आयोगबाट निरिक्षण गर्दा निवेदकहरको नियुक्ति प्रक्रिया अनियमित भएको ठहर गरी निवेदकहरुको परीक्षणकाल भित्रै नियुक्ति वदर गरी अवकास गरेको देखिंदा माग बमोजिमको आदेश जारी गर्नु पर्ने अवस्था नहुँदा रिट निवेदन खारेज हुने । (प्र. नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7039
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेश जारी गरीपाउँ
निर्णय वर्ष / मिति2057/11/05
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोविन्दबहादु श्रेष्ठ | माननीय न्यायाधीश श्री कृष्णकुमार बर्मा
उद्धरण सन्दर्भने.का.प. २०५८, नि.नं. 7039
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्