नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7032 · वि.सं. २०५८
नि.नं. 7032 — लिखत वदर ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ मुलुकी ऐन अ. वं. ६२ (३) ले म्याद तारेखमा हाजिर हुनुपर्ने व्यक्ति मरी निजको दैयादारले म्याद तारेख थामी मुद्दा सकार गर्न अड्डामा हाजिर भई निवेदन पत्र दिएमा म्याद तारेख थामी दिई मुद्दा सकार गराई दिनु पर्ने व्यवस्था गरेको र सो व्यवस्था अन्तर्गत मुद्दा सकार गर्न चाहने व्यक्तिले आफै उपस्थित हुनुपर्ने, कानून बमोजिम प्रतिनिधित्व गराउन आफ्नो प्रतिनिधि वारेस मार्फत उपस्थित हुन नपाउने वन्देज लगाएको देखिदैन । अ. वं. ६५ (२) बमोजिम प्रस्तुत मुद्दा देवानी भुद्दा भई वारेस द्वारा प्रतिनिधित्व हुन सक्ने अवस्थाको देखिएको र अदालतले त्यस्तो मुद्दामा वारेसद्वारा प्रतिनिधित्व हुन नसक्ने भन्न कानूनसंगत नहुने । (प्र. नं. ३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7032 |
|---|---|
| मुद्दाको विषय | लिखत वदर । |
| निर्णय वर्ष / मिति | 2058/04/25 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदानाथ उपाध्याय | माननीय न्यायाधीश श्री केदार नाथ आचार्य | माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा | माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्रीज्यूको आदेश सहित यस इजलासको विचारार्थ पेश भएको देखिन्छ । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५८, नि.नं. 7032 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
