§ ऐनको कुनै दफाले कुनै खास शव्द वा शव्दावलीको परिभाषा गर्दछ भने त्यहि अर्थमा प्रयोग गर्नुपर्ने । § श्रम ऐनको दफा १४ एकवर्षको अविच्छिन्न सेवाको परिभाषा गर्ने दफा भएको र दफा ५३ को व्यवस्था कार्यविधि व्यवस्थित गर्ने सिलसिलामा स्थायी वा एकवर्ष अविच्छिन्न सेवा गरेक…
§ लिफामा कारणीको हस्ताक्षरसम्म हुन्छ तर त्यसमा लिखतको व्यहोरा उल्लेख भएको हुँदैन । लिखत नभएको अवस्थामा केरमेट हुने र त्यसमा सहीछाप हुने भन्ने अवस्था आउँदैन लिखतको व्यहोरा थपघट केरमेट भै सो केरमेटमा कारणीको सहीछाप परेको छ भने लिखत मौकैमा तयार भएको मान्नु पर्ने…
§ विधायिकाव्दारा निर्मित कानूनी व्यवस्थाको दायरालाई कार्यान्वयनको तहमा कार्यपालिकाले वा त्यस अन्तर्गतको कुनै निकायले अपवादित गर्ने वा संकुचित गर्ने वा सरल वा फराकिलो गर्ने कार्य प्रत्यायोजित विधायन (Delegated Legislation) को प्रक्रियाबाट मात्र गर्न सकिने। § वि…
§ ऐन कानूनको व्याख्या गर्दा समन्वयात्मक किसिमबाट गर्नुपर्ने भन्ने व्याख्याको मान्य सिद्वान्त हुनाले ऐनको व्याख्या गर्दा कार्यविधिगत पक्षलाई जटिल बनाउने र असामञ्जस्यपूर्ण हुने हिसावबाट व्याख्या गर्न नहुने । § ऐनको शव्दले स्पष्ट नबोलेको अवस्थामा पक्षको सुविधामा…
§ ज्यान मार्ने, चोरी र करणी गर्ने गर्न लाउने व्यक्ति स्वयं नावालक रहेको अवस्थामा मात्र संरक्षक वा हकवाला नभए उसैको मात्र कागज गरे गराए पनि त्यस्तो कागजले कानूनी मान्यता प्राप्त गर्ने देखिन्छ । तर त्यस्तो अपराध गर्ने गर्न लाउने बाहेकका अन्य नावालकका हकमा भने सं…
§ स्वास्थ्य समूहको पदमा सोही विषयको शैक्षिक योग्यता तोकिनुवाट रिट निवेदकहरु प्रति भेदभावयुक्त र असमानताको व्यवहार गरिएको भन्नु उपयुक्त नहुने । § माथिल्लो स्तरको पदमा पदोन्नतिको लागि आवश्यक योग्यता तोकिएकोमा सो योग्यता नभएको व्यक्तिहरुले निजहरुको विरुद्व भेदभाव…
§ आयोग गठन गर्दा सो आयोगका अध्यक्ष एक्लैले अधिकार प्रयोग गरी निर्णय गर्न पाउने गरी तोकिएको अवस्था समेत नहुँदा आयोगको अध्यक्ष लगायतका सम्पूर्ण सदस्यहरुले अधिकारक्षेत्र प्रयोग गर्नुपर्ने । § निवेदकहरुको विवादित जग्गाको हकको श्रोत नै कानून वमोजिम नरही सो जग्गामा…
§ अधिकार क्षेत्रको सृजना कानूनद्वारा नै गर्नुपर्ने हुँदा कानूनद्वारा पुनरावेदन अदालतले समेत रिट जारी गर्न सक्ने गरि गरिएको व्यवस्थालाई असंवैधानिक भन्न नमिल्ने । § संविधानको धारा ८८(२) मा गरिएको सर्वोच्च अदालतको असाधारण अधिकार क्षेत्र अन्तर्गत रिट जारी गर्न सक्…
§ मोही हक नामसारी गरी सुरक्षित गर्न पाउने अधिकार राख्ने मोही विपक्षीलाई आफूले कमाएको जग्गाको कुत वुझाई जग्गाधनी प्रति निर्वहन गर्नुपर्ने दायित्वको वोध हुनु पर्दैन भन्न नसकिने । § दर्तावाला मोहीको मृत्यु र एकमात्र हकवाला रहेको अवस्थामा दर्तावाला मोहीको सम्पूर्ण…
§ तारेखमा नबसेको अवस्थामा सो कुराको जानकारी पुनराबेदकले अदालतलाई दिनुपर्नेमा यी पुनराबेदक तारेखमा नबसेको जानकारी अदालतलाई दिई अनुमति समेत लिएको नदेखिंएको प्रस्तुत पुनराबेदनलाई रीतपूर्वकको भन्न नमिल्ने । (प्र.नं. १२)
§ वादी श्री ५ को सरकार तर्फवाट प्रतिवादीले आफूले गरेको कामको प्रकृति र परिणाम थाहा पाउने मगज नविग्रेको व्यक्ति हो र निज वारदात घट्दाको अवस्थामा सामान्य अवस्थामा नै आइ सकेको थियो भनि प्रमाणित गर्न सकेको नदेखिदा प्रतिवादी पहिले देखिनै मानसिक अवस्था ठीक नभई असन्त…
§ सजाय गर्न लागिएको कर्मचारीलाई पहिलो पटक आरोपको किटान गरी स्पष्टीकरण सोध्नु पर्ने र सो स्पष्टीकरण प्राप्त भएपछि निजको सफाइको वारेमा न्यूनतम २ पटक स्पष्टीकरण सोधी सजाय गर्न लागिएको कर्मचारीलाई सफाइको मौका दिनुपर्ने । § कानूनले स्पष्ट व्यवस्था नगरेको अवस्थामा स…
§ एस.एल.सी. आंशिक परीक्षा उत्तिर्ण भएकालाई अंक दिंदा प्राप्ताङ्कको प्रतिशत अनुसार अंक दिनुपर्ने भन्ने नदेखिई तृतीय श्रेणी सरहको अंक दिनुपर्ने भन्ने उल्लेख भएको पाइन्छ । निवेदकले एस.एल.सी. आंशिक परीक्षा दिई उत्तिर्ण गरेकोले निजको मार्कसिटमा परिणाम लेखिएको स्थान…
§ करारको लिखत भन्दा अलग्गै वैना रकमको लेनदेन सम्वन्धी लिखतको विषयमा प्रस्तुत फिराद पर्न आएको देखिएवाट करारको लिखतको शर्त सम्वन्धमा फिराद परको मान्न नमिल्ने। § वैना कागज अन्तर्गतको विषयमा पनि करार ऐन, २०२३ वमोजिम नालेस गर्नुपर्ने भन्न मिल्ने नहुंदा लेनदेन व्यवह…
§ दि युनाइटेड मिसिन टु नेपाल प्रचलित नेपाल कानून वमोजिम अधिकार प्राप्त निकायमा दर्ता भएको कानूनी व्यक्तित्व प्राप्त संस्था हो भन्न नसकिने । § संविधान एवं कानून वमोजिम हक अधिकारको दावी गर्नको निमित्त संविधान एवं कानून वमोजिमको सक्षम प्राकृतिक वा कृतिम व्यक्तित्…
§ नेपालको राष्ट्रिय सम्पदाको रुपमा रहेको ऐतिहासिक पुरातात्विक तथा सांस्कृतिक महत्व समेत वोकेको भिमसेन स्तम्भ (धरहरा) र सुन्धारा क्षेत्रको संरक्षण गर्ने अधिकार नगरपालिका ऐन, २०४८ ले नगरपालिकालाई नै प्रदान गरेकोले नगरपालिकाको सो अधिकार महानगरपालिकाका प्रमुखले प्…
§ विवादित जग्गा प्रतिवादीहरुले दर्ता गराएको जानकारी पाइसकेकोमा नक्कल लिई थाहा पाएको भन्ने अवस्था नहुने । § २०३९ र २०४० सालमा भए गरेको कार्यमा मिति २०४४।१०।११ मा फिराद परेकोलाई हदम्याद भित्रको भन्ने अवस्था नदेखिने । (प्र.नं.१४)
§ औद्योगिक व्यवसाय ऐन, २०४९ को दफा (३)(क) र दफा ५ अनुसार ५ वर्षको लागि आयकर छुट पाउने उद्योगले आयात गरेको कच्चा पदार्थ ऊनमा आयकर छुट दिन नमिल्ने भन्न नसकिने । (प्र.नं.१३)
§ संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय संघ संस्थाको सहयोगमा संचालन भएकै कारणले मात्र उद्योग मन्त्रालय अधिनस्थ परियोजनामा काम गरेकोलाई अन्तर्राष्ट्रिय संघ संस्थामा कार्यरत रहेको भन्न नमिल्ने । § काजमा रहेको अवधिलाई वढुवाको प्रयोजनका लागि अंक गणना गर्न नमिल्ने…
§ समान हैसियतका व्यक्तिहरु मध्ये केहीलाई कुनै र केहीलाई कुनै गरी फरक फरक मिति गरी जेष्ठता कायम हुने गरी गरेको निर्णयबाट समान व्यक्तिको वीच असमान व्यवहार गरेको देखिन आउने । (प्र.नं. ८)
§ तजविजी अधिकार कानूनसम्मत, न्यायोचित र सद्विवेकमा आधारित हुनु पर्ने । § कानूनले नै निश्चित पदावधि तोकिएको पदमा नियुक्त वा मनोनयन भएका व्यक्तिलाई सो पदावधि पुरा नहुंदै हटाउन ठोस र निश्चित आधार देखाउन सक्नु पर्ने । तजविजी अधिकार हलुका किसिमले प्रयोग गर्न नपाइन…
§ रिट निवेदकको मिति २०५६।१०।७ मा मृत्यु भएको र निजले राखेको वारिसले मिति २०५६।८।२४ वाट पटक पटक तारिख लिएको र मिति २०५८।६।१५ को तारिखका दिन रिट निवेदन सकार गर्न रिट निवेदकका दैयादारले दिएको निवेदन अ.वं. ६२ नं. को देहाय ३ मा उल्लेखित म्याद भित्र दिएको भन्न नमिल्…
§ पुनरावेदन अदालत राजविराजबाट भएको मिति २०५७।४।२६ को विवादित आदेश, शुरु सप्तरी जिल्ला अदालतमा यिनै निवेदक र विपक्षीहरु वीच चलेको सत्य डगाउने सम्बन्धी मुद्दामा निवेदिका प्रतिवादीबाट अ.वं. २०८ नं. बमोजिम परेको वेरितको म्याद तामेली वदर गरी प्रतिउत्तर दर्ता गरी पा…
§ रिट निवेदकलाई नेपाल विद्युत प्राविधिकरण कर्मचारी सेवा विनियमावली, विपरित कार्य गरी जानी जानी प्राधिकरणलाई हानी नोक्सानी पुर्याउने नियतले हिनामिना गरेको आरोपमा भविष्यमा प्राविकरणको सेवाको लागि अयोग्य ठहरिने गरी प्राधिकरण विभागीय कारवाई समितिबाट मिति २०५४।११।…