नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7061 · वि.सं. २०५९

नि.नं. 7061 — उत्प्रेषण समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ एस.एल.सी. आंशिक परीक्षा उत्तिर्ण भएकालाई अंक दिंदा प्राप्ताङ्कको प्रतिशत अनुसार अंक दिनुपर्ने भन्ने नदेखिई तृतीय श्रेणी सरहको अंक दिनुपर्ने भन्ने उल्लेख भएको पाइन्छ । निवेदकले एस.एल.सी. आंशिक परीक्षा दिई उत्तिर्ण गरेकोले निजको मार्कसिटमा परिणाम लेखिएको स्थानमा उत्तिर्ण (Pass) मात्र उल्लेख गरिएको स्पष्ट देखिइरहेकोले निवेदकले हासिल गरेको शैक्षिक योग्यताको प्रमाणपत्रमा श्रेणी नखुलेको भन्न नमिल्ने । § आंशिक परीक्षा दिई एस.एल.सी. उत्तिर्ण गरेका निवेदकलाई निवेदन जिकिर बमोजिम निजामती सेवा नियमावली, २०४९ को साविक नियम ८१(५) अनुसार शैक्षिक योग्यता वापत द्वितीय श्रेणीको अंक प्रदान गर्न मिल्ने नदेखिएकोले निजलाई शैक्षिक योग्यता वापत द्वितीय श्रेणीको अंक प्रदान गरी बढुवा गरेको बढुवा समितिको निर्णय बदर गरी सवै भन्दा बढी अंक प्राप्त गरेका विपक्षी जगदिश साहले लेखापाल पदमा बढुवा पाउने ठहर गरेको विपक्षी पुनरावेदन अदालत राजविराजका रजिष्ट्रारको मिति २०५७।८।२१ को निर्णय कानूनसम्मत देखिने । (प्र.नं. ११ र १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7061
मुद्दाको विषयउत्प्रेषण समेत
निर्णय वर्ष / मिति2059/01/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारप्रसाद गिरी
उद्धरण सन्दर्भने.का.प. २०५९, नि.नं. 7061
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्