नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7065 · वि.सं. २०५९
नि.नं. 7065 — वाली भराई मोही निष्काशन
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ मोही हक नामसारी गरी सुरक्षित गर्न पाउने अधिकार राख्ने मोही विपक्षीलाई आफूले कमाएको जग्गाको कुत वुझाई जग्गाधनी प्रति निर्वहन गर्नुपर्ने दायित्वको वोध हुनु पर्दैन भन्न नसकिने । § दर्तावाला मोहीको मृत्यु र एकमात्र हकवाला रहेको अवस्थामा दर्तावाला मोहीको सम्पूर्ण दायित्व सो जग्गा कमाउने हकवालामा निहित रहने । § प्रत्यर्थीले जग्गाधनीलाई कुतवाली वुझाई मोहीको कानूनी कर्तव्य पुरा गरेको नदेखिएको अवस्थामा भूमि सम्वन्धी ऐन, २०२१ को दफा २९(१) वमोजिम कुत नवुझाउने मोहीको मोही हक संरक्षण हुन नसक्ने । (प्र.नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7065 |
|---|---|
| मुद्दाको विषय | वाली भराई मोही निष्काशन |
| निर्णय वर्ष / मिति | 2058/09/04 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारनाथ आचार्य | माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५९, नि.नं. 7065 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
