नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7056 · वि.सं. २०५९

नि.नं. 7056 — जालसाजी

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ विवादित जग्गा प्रतिवादीहरुले दर्ता गराएको जानकारी पाइसकेकोमा नक्कल लिई थाहा पाएको भन्ने अवस्था नहुने । § २०३९ र २०४० सालमा भए गरेको कार्यमा मिति २०४४।१०।११ मा फिराद परेकोलाई हदम्याद भित्रको भन्ने अवस्था नदेखिने । (प्र.नं.१४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7056
मुद्दाको विषयजालसाजी
निर्णय वर्ष / मिति2058/07/28
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल | माननीय न्यायाधीश श्री केदारनाथ आचार्यको रायसँग सहमत नहुँदा सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३(१) (क) बमोजिम पूर्ण इजलासमा पठाई दिनु भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठको राय । | माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठको रायसँग सहमत हुन नसकेबाट सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री केदारनाथ आचार्यको राय । | माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठबाट इन्साफ गरेको शुरु काठमाडौं जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला वदर गरी फिराद खारेज हुने ठहर्‍याई राय व्यक्त भएको र माननीय न्यायाधीश श्री केदारनाथ आचार्यबाट प्रतिवादीहरुले जालसाजी गरेको ठहर्‍याएको शुरु काठमाडौं जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला मनासिव ठहर्याई राय व्यक्त भएको देखियो । यसरी संयुक्त इजलासका दुई माननीय न्यायाधीशहरुको रायमा मतैक्य हुन नसकी प्रस्तुत मुद्दा यस इजलास समक्ष निर्णयार्थ पेश हुन आएको देखियो । | माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठको राय मिलेको देखिँदा मनासिव ठहर्छ । फिराद खारेज हुने ठहरेकोमा वादीलाई सजाय गुर्न पर्दछ कि भन्नलाई अ.वं. १८० नं. ले केही गर्न परेन । अरुमा तपसिल बमोजिम गर्नु ।
उद्धरण सन्दर्भने.का.प. २०५९, नि.नं. 7056
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्