नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7072 · वि.सं. २०५९
नि.नं. 7072 — लेनदेन, जालसाज
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ लिफामा कारणीको हस्ताक्षरसम्म हुन्छ तर त्यसमा लिखतको व्यहोरा उल्लेख भएको हुँदैन । लिखत नभएको अवस्थामा केरमेट हुने र त्यसमा सहीछाप हुने भन्ने अवस्था आउँदैन लिखतको व्यहोरा थपघट केरमेट भै सो केरमेटमा कारणीको सहीछाप परेको छ भने लिखत मौकैमा तयार भएको मान्नु पर्ने हुन्छ । तसर्थ व्यहोरा उल्लेख गरी केरमेटमा सहीछाप समेत भएको कागजलाई लिफाको संज्ञा दिन नमिल्ने । § लिफा भनी जिकिर लिए पनि माथि उल्लेख भए बमोजिम केरमेटमा सहीछाप रहेको, लिखतको मिति बन्दमा दुवै ल्याप्चे उपर ल्याप्चे परेको र लिखत मुनिको सहीछाप उपर अर्को सहीछाप माथि परि रहेको देखिँदा लिफामा लिखत खडा गरेको भन्न नमिल्ने ।
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7072 |
|---|---|
| मुद्दाको विषय | लेनदेन, जालसाज |
| निर्णय वर्ष / मिति | 2058/03/18 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५९, नि.नं. 7072 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
