नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7066 · वि.सं. २०५९
नि.नं. 7066 — संविधानको धारा ८८(१) अन्तर्गतको आदेश जारी गरीपाउँ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ अधिकार क्षेत्रको सृजना कानूनद्वारा नै गर्नुपर्ने हुँदा कानूनद्वारा पुनरावेदन अदालतले समेत रिट जारी गर्न सक्ने गरि गरिएको व्यवस्थालाई असंवैधानिक भन्न नमिल्ने । § संविधानको धारा ८८(२) मा गरिएको सर्वोच्च अदालतको असाधारण अधिकार क्षेत्र अन्तर्गत रिट जारी गर्न सक्ने व्यवस्थालाई न्याय प्रशासन ऐन, २०४८ को दफा ८(२) को व्यवस्था र नागरिक अधिकार ऐन, २०१२ को दफा १६ को व्यवस्था अनुसार पुनरावेदन अदालतले वन्दीप्रत्यक्षीकरण, परमादेश र निषेधाज्ञाको आदेश जारी गर्न सक्ने व्यवस्थाले संकुचित गर्न नसक्ने । (प्र.नं.९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7066 |
|---|---|
| मुद्दाको विषय | संविधानको धारा ८८(१) अन्तर्गतको आदेश जारी गरीपाउँ । |
| निर्णय वर्ष / मिति | 2059/01/06 |
| अदालत / इजलास | एक न्यायाधीशको इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५९, नि.नं. 7066 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
