नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7059 · वि.सं. २०५९
नि.नं. 7059 — उत्प्रेषण समेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ दि युनाइटेड मिसिन टु नेपाल प्रचलित नेपाल कानून वमोजिम अधिकार प्राप्त निकायमा दर्ता भएको कानूनी व्यक्तित्व प्राप्त संस्था हो भन्न नसकिने । § संविधान एवं कानून वमोजिम हक अधिकारको दावी गर्नको निमित्त संविधान एवं कानून वमोजिमको सक्षम प्राकृतिक वा कृतिम व्यक्तित्व हुन जरुरी हुन्छ । कानूनको दृष्टिमा सक्षम व्यक्तिले मात्र हक अधिकारको दावी गर्न सक्तछ । जसको व्यक्तित्व नै स्पष्ट छैन त्यस्तो लाई कानूनले मद्दत गर्न सक्तैन । § संविधान अन्तर्गतको हक अधिकारको दावी गर्नको निमित्त संवैधानिक व्यवस्था अन्तर्गत कानूनी वा प्राकृतिक व्यक्तित्व रहे भएको तथ्य स्पष्ट रुपमा सिद्ध गर्नुपर्ने हुन्छ । कानून वमोजिम मान्यता प्राप्त नभएको तथा प्राकृतिक व्यक्तित्व पनि नभएको कुनै संस्था व्यवहारतः क्रियाशील नै रहे भएको भए पनि कानूनको दृष्टिमा कुनै अस्तित्व नै नभएको मान्नु पर्ने हुँदा त्यस्तो समूहलाई संविधान एवं कानूनी हक अधिकारको अधिकारीको रुपमा स्वीकार गर्न नमिल्ने । (प्र.नं.१२, १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7059 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण समेत |
| निर्णय वर्ष / मिति | 2058/11/09 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री केदारनाथ आचार्य | माननीय न्यायाधीश श्री कृष्णकुमार वर्माको रायसंग सहमत नहुँदा प्रस्तुत मुद्दा पूर्ण इजलासमा पठाई नियमानुसार किनारा लगाउनु भन्ने माननीय न्यायाधीश श्री केदारनाथ उपाध्यायको राय । | माननीय न्यायाधीश श्री कृष्णकुमार वर्माको राय । | माननीय न्यायाधीश श्री कृष्णकुमार वर्माको राय सदर हुनुपर्दछ भनि र बिपक्षी श्रम कार्यालयको तर्फवाट विद्वान सह न्यायाधिवक्ता श्री राजनारायण पाठकले युनाइटेड मिसन टु नेपाल नेपाल अधिराज्य भरी नै कार्यरत रहेको हुँदा प्रचलित नेपाल कानूनको दायरा भित्र पर्ने हुँदा रिट खारेज हुनुपर्छ भन्ने तथा बिपक्षी कृष्णप्रसाद न्यौपाने तर्फवाट | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्यायको राय र सेवावाट अवकाश दिए उपर श्रम विभागमा पुनरावेदन लाग्ने कानूनी व्यवस्थाको अभावमा त्यस्तो विभागमा परेको उजुरी निवेदनलाई कायमै राखी पुनः अधिकारयुक्त श्रम कार्यालयमा पठाएको पुनरावेदन अदालतको फैसला नै त्रुटिपूर्ण भएकोले प्रस्तुत मुद्दाको सम्पूर्ण कारवाही प्रारम्भ देखि नै वदर घोषित हुने ठहर्छ भन्ने माननीय न्यायाधीश श्री कृष्णकुमार वर्माको राय भई रायमा मतैक्य हुन नसकेकोले प्रस्तुत रिट निवेदन यस इजलास समक्ष पेश हुन आएको देखिन्छ । | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्यायको राय मनासीव ठहर्छ । मिसिल नियमानुसार वुझाई दिनु । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५९, नि.नं. 7059 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
