नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7062 · वि.सं. २०५९

नि.नं. 7062 — उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ सजाय गर्न लागिएको कर्मचारीलाई पहिलो पटक आरोपको किटान गरी स्पष्टीकरण सोध्नु पर्ने र सो स्पष्टीकरण प्राप्त भएपछि निजको सफाइको वारेमा न्यूनतम २ पटक स्पष्टीकरण सोधी सजाय गर्न लागिएको कर्मचारीलाई सफाइको मौका दिनुपर्ने । § कानूनले स्पष्ट व्यवस्था नगरेको अवस्थामा समेत सफाइको सवूद पेश गर्ने मनासिव मौका नदिई सजाय गर्न नमिल्नेमा कानूनले नै स्पष्ट कार्यविधि तोकेको अवस्थामा सो कार्यविधिको अवलम्वन गर्नै पर्ने । § कार्यविधिको अक्षरसः पालन नभई नोकरीबाट हटाउने गरेको निर्णय तथा काम कारवाहीलाई कानूनसम्मत र प्राकृतिक न्यायको सिद्धान्त अनुकूल भएको भन्न नमिल्ने । (प्र.नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7062
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरी पाउँ
निर्णय वर्ष / मिति2058/03/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री रामनगिना सिंह
उद्धरण सन्दर्भने.का.प. २०५९, नि.नं. 7062
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्