§ सरकारी मुद्दा सम्वन्धी ऐन, २०४९ को अनुसूचि १ को क्रमसंख्या ३६ मा यो ऐन वमोजिम श्री ५ को सरकार वादी हुने भनी श्री ५ को सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेको अरु कुनै फौज्दारी अपराध सम्वन्धी मुद्दा भन्ने उल्लेख भएको देखिंदा श्री ५ को सरका…
§ फैसला बमोजिम जग्गा छुटयाई पाउं भनि एक पक्षले दिएको निवेदनको आधारमा अर्को पक्षलाई आफ्नो भनाइ राख्ने मौका नदिई जग्गा छुटयाउने गरेको कार्य प्राकृतिक न्यायको सिद्धान्तको प्रतिकूलको हुने । § सर्जमिन मुचुल्का उठाउनु कारवाहीको एउटा प्रक्रिया र अर्को पक्षलाई सुनुवाइ…
§ वढुवा सिफारिशको निर्णयमा पुग्नु पर्ने वढुवा समितिले निजामती सेवा नियमावली, २०५० को नियम ८५ वमोजिम व्याख्या गरी आवश्यक व्यवस्था गर्न नमिल्ने भन्न नमिल्ने । § उम्मेदवारको कार्य सम्पादन पनि निजामती सेवा ऐन, ०४९ को दफा २४(२) वमोजिम कार्य क्षमता अन्तर्गत कै क्षमत…
§ जुन उत्तर पुस्तिकाहरुमा अनियमितता देखिएको छ त्यस्ता उत्तरपुस्तिकाको आधारमा परीक्षा उत्तिर्ण भै सेवामा नियुक्ति पाउने ब्यक्ति र अनियमिततारहीत उत्तर पुस्तिकाका आधारमा परीक्षा उत्तिर्ण भै सेवामा प्रवेश पाउने ब्यक्तिलाई कारवाहीको तहमा समकक्षमा राख्न नमिल्ने। § प…
§ मृतक बालकको उमेर केवल २ महिना ५ दिन मात्र भएको पाइदा त्यस्तो बालक कोक्राबाट बाहिर निस्कन र आफै कुनै वस्तु सेवन गर्न सक्ने अवस्था नहुने । § आफूले चाहे जस्तो गरि छोराको विवाह गर्न नपाएकोले छोराले इन्कार गर्दागर्दै अन्यत्र वच्चा जन्माएकी आईमाईलाई वच्चा सहित इच्…
§ रक्सी खाएर शाही सेनाका केही जवान हो हल्ला गरेको कारणबाट उत्पन्न स्थानीय गाउंलेहरुसंगको विवादका वारेमा जिम्मेवार सैनिकले रक्सी सेवन गरेको अवस्थामा लोड गरेको वन्दुक लिई गाउंले युवा समात्न जाने कार्यलाई कदापी उचित र कानूनसम्मत मान्न नसकिने । § मुलुकी ऐन ज्यान स…
§ निवेदकले नियुक्ति पाएको पद नै कटौतीमा परेपछि श्री ५ को सरकारले अन्यत्र काम गर्न लगाएको कारणबाट पदमा वहालमा रही रहन पाउने कानूनी हक सृजना हुने भन्न नमिल्ने । § अस्थायी प्रकृतिको पद भएको र आयोजनाको आवश्यक पद संख्या पूरा भएको भन्ने समेत देखिन आएकोबाट सफाइको मौक…
§ कुनै पनि विधायिकी विवेक प्रयोग भै तर्जुमा भएका कानूनी व्यवस्थाको धारा ८८(१) अनुसार सर्वोच्च अदालत आफैले कारणहरु खोजी संवैधानिक जाँच गर्ने नभै सो धारा वमोजिम पर्न आएको निवेदनमा निवेदकले उल्लेख गरेका आधार र कारणको कसीमा जाँच र परीक्षण हुने र त्यस्तो आधार एवं क…
§ द्विपक्षीय वा वहुपक्षीय सम्झौता अन्तर्गतको विवाद मध्यस्थद्वारा निरोपण गराउने अवधारणा पक्षहरु बीच सम्पन्न सम्झौताको आधारमा व्यवस्थित हुने । § मध्यस्थद्वारा विवाद समाधानको उपाय पक्षहरुको स्वेच्छाले अवलम्वन गरिने हुंदा कानूनद्वारा सुस्पष्टरुपमा तोकिएको सीमित आध…
§ नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२) वमोजिम सर्वोच्च अदालतको असाधारण अधिकारक्षेत्र आकर्षित हुनको लागि सार्वजनिक हक वा सरोकारको कुनै विवादमा समावेश भएको कुनै संवैधानिक वा कानूनी प्रश्नको विवादमा त्यस्तो संवैधानिक वा कानूनी प्रश्नको निरुपणको लागि आवश्य…
§ हक छाडि दिन सकिने व्यवस्था मुलुकी ऐनले विभिन्न महलमा विभिन्न अवस्थामा गरेको र तत् तत् महलमा नालिस गर्ने हदम्यादको समेत छुट्टाछुट्टै व्यवस्था गरेको हुनाले हक छोडि दिएकै अवस्था भएपनि सवै प्रकृतिको हक हस्तान्तरणमा नालिस गर्ने हदम्याद सम्वन्धमा लेनदेन व्यवहारकै…
§ पुनरावेदन अदालतको आदेशले थुनामा वसी मुद्दाको पुर्पक्ष गर्नुपर्ने अवस्था रहेको र शुरु धनुषा जिल्ला अदालतबाट फैसला हुंदा कैद वर्ष ६ र जरिवाना रु.२,५६,५००। भएका विपक्षी प्रतिवादीहरुलाई कुनै आधार र कारण नखोली धरौट वा जमानत दिए लिई पुनरावेदन पत्र दर्ता गर्न अनुमत…
§ दण्ड सजायको २६ नं. मा विगो वापत जायजात गर्दा त्यो धन खाने १२ वर्ष माथिका ऐन बमोजिम मानो नछुट्टी संग बसेका वा त्यो धन खाँदा संग बसेका पछि भिन्न हुनेको अंश समेत जायजात गर्नुपर्छ भन्ने कानूनी व्यवस्था रहेको देखिएबाट ऋण खाँदा संग बसेको वादीको नामको जग्गा जायजात…
§ जिल्ला अदालत नियमावली २०५२ को नियम ८ मा तोकेको तहसिलदारको काम कर्तव्यमा दण्ड सजायको उपरोक्त उल्लेखित ४३ नं. को देहाय ५ बमोजिम जरिवाना वा आदेश गर्नसक्ने अधिकार तोकिएको नपाइदा वमोजिम जरिवाना वा कैद गर्ने अधिकार जिल्ला न्ययाधीशका रहेको देखिंदा जिल्ला न्यायाधीशम…
§ वढुवा समितिवाट गणितीय त्रुटी गरी गरेको औषत गणना सम्मलाई वढुवा उजुरी उपरको पुनरावेदन सुन्ने क्रममा सच्याई निर्णय गरेको सम्म देखिएको र त्यस्तो गणितीय भूलसुधार गर्न लोकसेवा आयोगले नपाउने भन्न नमिल्ने । (प्र.नं.२२)
§ जिल्ला सरकारी न्यायाधिवक्तालाई महान्यायाधिवक्ताको काम, कर्तब्य मात्रै प्रत्यायोजन हुने, सो काम कर्तब्य निर्वाह गरे वापत श्रृजित दायित्वमा महान्यायाधिवक्ता सरह संरक्षण एवं कार्यगत स्वतन्त्रता प्राप्त नहुने भनि अर्थ गर्न कानून र न्याय सम्मत समेत नहुने । § सरका…
§ निबेदक भ्रष्टाचार सम्बन्धी मुद्दाको अनुसन्धान र कारवाहीको सिलसिलामा तारेखमा बसि बयान गरेको देखिएको र सो मुद्दामा अनुसन्धानबाट जे निष्कर्ष निस्कन्छ सोही बमोजिम हुने नै हुंदा भ्रष्टाचारमा अनुसन्धान भैरहेको काम कारवाहीलाई असर पर्ने गरी रिट क्षेत्रबाट बोल्न नमिल…
§ ब्यवसायिक उद्देश्यले स्थापना भएको संस्थासंग फाइदा लिने व्यक्तिलाई असर पर्ने काम कारवाहीको बिषयमा सो असर पर्ने ब्यक्तिले सम्बन्धित निकायमा उजुर गरी कानून बमोजिम कारवाही नभएको भनि सो बिषयसंग सार्थक सम्बन्ध वा तात्विक सरोकार रहेको ब्यक्ति अदालत प्रवेश नगरी सो स…
§ मिति २०१५।१२।१६ को प्रतिबादीहरुको बण्डापत्रमा समेत पश्चिम किल्लामा साझा चोक समेतको घर उल्लेख भएको देखिएको प्रतिबादीहरु बेगल नहुदै सगोलमा रहंदा नै बिवादीत चोकलाई साझा चोक भन्ने नामाकरण गरि मान्यता दिएको सो चोकको वरपरका घर र छिमेकीहरुको साझा प्रयोगमा आएको भन्न…
§ २०५४ सालको कुतवाली मोहीले जग्गाधनीलाई नवुझाएको देखिइरहेको अवस्थामा विवाद परेको २०५४ साल भन्दा पछिका सालहरुको वाली वुझाई जग्गाधनीले वुझिलिएको भन्ने आधारमा मात्र जग्गा कमाउने मोहीको साल सालकै वाली जग्गाधनीलाई वुझाउनुपर्ने आफ्नु दायित्व पुरा गर्नु पर्दैन भन्न न…
§ व्यक्ति विशेषको जग्गा कुनै कारणले सर्भे नाप जांच हुंदा त्यस्तो व्यक्तिले आफ्नो नाउंमा दर्ता गराउन सकेको रहेनछ र कानून वमोजिम छुट दर्ता गरी पाउन निवेदन दिएको रहेछ भने त्यस्तो जग्गा सम्वन्धमा सो को सवुद प्रमाण वुझी निजको हक भोगको देखिन आए कानून वमोजिम दर्ता गर…
§ ऋण लिए पछि तोकिएको समय भित्र सो ऋणको साँवा व्याज तिर्नु बुझाउनु ऋणीको प्रमुख दायित्व हुने । § ऋण दिने संस्थालाई पनि सर्तमा तोकिएको समयमा ऋण असुल हुन नसकेमा कानून वमोजिम गरी लिन पाउने कानूनले अधिकार प्रदान गर्ने । § आफ्नो अधिकार भित्र रही ऋण असुल गर्न लिलामको…
§ कुनै कर्मचारी जुन सेवाका हुन्छन निजहरुको नियुक्ति, वर्खास्ति र सो संग सम्बन्धित अन्य काम कारवाही समेत सोही सेवा संग सम्बन्धित ऐन नियमको आधारमा गर्नुपर्ने । § कर्मचारीलाई अर्को प्रकारका सेवाका कर्मचारीलाई लाग्ने ऐन नियम लगाई पदवाट अवकाश दिने लगायतका कार्य कान…