नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7077 · वि.सं. २०५९
नि.नं. 7077 — उत्प्रेषणयुक्त परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ व्यक्ति विशेषको जग्गा कुनै कारणले सर्भे नाप जांच हुंदा त्यस्तो व्यक्तिले आफ्नो नाउंमा दर्ता गराउन सकेको रहेनछ र कानून वमोजिम छुट दर्ता गरी पाउन निवेदन दिएको रहेछ भने त्यस्तो जग्गा सम्वन्धमा सो को सवुद प्रमाण वुझी निजको हक भोगको देखिन आए कानून वमोजिम दर्ता गरी दिनु पर्ने दायित्व सम्वन्धित मालपोत कार्यालयको हुने । § कुनै जग्गा श्री ५ को सरकारको नाउंमा दर्ता भैसकेको कारणबाट व्यक्ति विशेषको नाउंमा दर्ता सच्याउने नीति नभएको भनी कानून वमोजिम गर्नुपर्ने दायित्व पुरा नगर्ने गरी गरेको सम्पूर्ण काम कारवाही र मालपोत विभागको (प्र.नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7077 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त परमादेश |
| निर्णय वर्ष / मिति | 2059/01/10 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री रामनगिना सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५९, नि.नं. 7077 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
