नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7093 · वि.सं. २०५९
नि.नं. 7093 — कर्तव्य ज्यान ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ मृतक बालकको उमेर केवल २ महिना ५ दिन मात्र भएको पाइदा त्यस्तो बालक कोक्राबाट बाहिर निस्कन र आफै कुनै वस्तु सेवन गर्न सक्ने अवस्था नहुने । § आफूले चाहे जस्तो गरि छोराको विवाह गर्न नपाएकोले छोराले इन्कार गर्दागर्दै अन्यत्र वच्चा जन्माएकी आईमाईलाई वच्चा सहित इच्छा विपरीत घरमा भित्र्याई दिएकाले समाजको सामु खिन्नता उत्पन्न भई कोही नभएको मौका छोपी कोक्रामा सुतिरहेको अवोध दुधे कलिलो (२ महिना ५ दिनको) उमेरको बालकलाई विष ख्वाई हत्या गरेको देखिंदा यसरी जानीजानी विष खुवाई कठोर अपराध गरेकोले अ.वं. १८८ नं. आकर्षित नहुने । (प्र.नं. ३६ र ३७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7093 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान । |
| निर्णय वर्ष / मिति | 2058/01/13 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री ज्ञाइन्द्रबहादुर श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५९, नि.नं. 7093 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
