नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7074 · वि.सं. २०५९
नि.नं. 7074 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ कुनै कर्मचारी जुन सेवाका हुन्छन निजहरुको नियुक्ति, वर्खास्ति र सो संग सम्बन्धित अन्य काम कारवाही समेत सोही सेवा संग सम्बन्धित ऐन नियमको आधारमा गर्नुपर्ने । § कर्मचारीलाई अर्को प्रकारका सेवाका कर्मचारीलाई लाग्ने ऐन नियम लगाई पदवाट अवकाश दिने लगायतका कार्य कानूनतः मिल्ने नदेखिने । § स्वायत्त संस्थामा काम गर्ने निवेदक कर्मचारीलाई श्री ५ को सरकारको निजामती सेवामा कार्य गर्ने कर्मचारीलाई लागु हुने निजामती सेवा ऐन एवं नियम समेतको आधारमा स्पष्टीकरण माग गर्ने लगायतका कारवाही गरी अवकाश दिने समेत गरेको ललितपुर उपमहानगरपालिकाको २०५६।४।७ को निर्णयानुसार भनि २०५६।४।१८ देखि लागु हुने भनि २०५६।४।१६ मा दिइएको अवकाश उत्प्रेषणको आदेशद्वारा वदर हुने ठहर्छ । निवेदकलाई पूर्ववत सेवामा राखी कामकाज गर्न दिनु भनि विपक्षी ललितपुर उप महानगरपालिकाका नाउंमा परमादेशको आदेश जारी हुने । (प्र.नं.६ र ७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7074 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2058/10/12 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल | माननीय न्यायाधीश श्री सुशिलासिंह सिलु |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५९, नि.नं. 7074 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
