नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7095 · वि.सं. २०५९

नि.नं. 7095 — उत्प्रेषण मिश्रित परमादेश लगायत जो चाहिने आज्ञा, आदेश वा पूर्जी जारी गरी पाउँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ वढुवा सिफारिशको निर्णयमा पुग्नु पर्ने वढुवा समितिले निजामती सेवा नियमावली, २०५० को नियम ८५ वमोजिम व्याख्या गरी आवश्यक व्यवस्था गर्न नमिल्ने भन्न नमिल्ने । § उम्मेदवारको कार्य सम्पादन पनि निजामती सेवा ऐन, ०४९ को दफा २४(२) वमोजिम कार्य क्षमता अन्तर्गत कै क्षमता भएको र स्पष्ट रुपमा कार्य सम्पादन भन्ने उल्लेख हुंदा कार्य सम्पादन मूल्याङ्कनलाई कार्य सम्पादन क्षमता भनी विशेषीकृत गरेकोले वढुवा समितिको २०५८।१।५ को वढुवा सिफारिश निर्णयलाई अन्यथा भन्न नमिल्ने । § वढुवा समितिको सिफारिशमा निवेदकको नाम समावेश भएको समेत नपाइदा वढुवा सिफारिश मै नपरेका निवेदकलाई वढुवा समितिवाट वढुवा सिफारिश भएकाहरु मध्ये वाट वढुवा गर्ने गरेको श्री ५ को सरकार मन्त्रिपरिषदको ०५८।१।६ को निर्णयलाई चुनौती दिने हक नरहने । § निवेदकले का.स.मु वापत आफुले यति नम्वर पाउनु पर्ने भन्न र अदालतले यति नम्वर निवेदकलाई दिनु पर्ने भनी आदेश गर्न नमिल्ने । § रा.प.विशिष्ट श्रेणीको रिक्त १७ पदको वढुवाको लागि कार्य सम्पादन क्षमताको आधारमा रिक्त पदको पचास प्रतिशत समेत थप गरी वढुवा सिफारिश गरेको वढुवा समितिको ०५८।१।५ को सिफारिश निर्णय र सो सिफारिश गरिएका उम्मेदवारहरु मध्येवाट रा.प.विशिष्ट श्रेणीको पदमा वढुवा गरी पदस्थापना गर्ने गरेको श्री ५ को सरकार मन्त्रिपरिषदको ०५८।१।६ को निर्णय समेतका काम कारवाहीवाट निवेदकको हकमा कानून विपरीत आघात पुगेको भन्न नसकिने । (प्र.नं. ३६ देखि ३९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7095
मुद्दाको विषयउत्प्रेषण मिश्रित परमादेश लगायत जो चाहिने आज्ञा, आदेश वा पूर्जी जारी गरी पाउँ ।
निर्णय वर्ष / मिति2058/09/06
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री रामनगिना सिंह
उद्धरण सन्दर्भने.का.प. २०५९, नि.नं. 7095
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्